२०७९ श्रावण २७, शुक्रबार ०६:५७

मधेश प्रदेशमा प्रदेश सभा बैठक एक महिनादेखि ठप्प रहेको छ ।

सुरुमा कानून निर्माणमा निकै तीब्रता देखाएको प्रदेश सभा निकै सुस्त हुँदै भएको छ । पछिल्लो दुई अधिवेशनदेखि प्रदेशसभाबाट पारित हुने विधेयकको संख्या पनि न्यून देखिएको छ । प्रदेश सभाका सचिव रञ्जित यादवले ९ औं अधिवेशन अन्त्य भइसकेको जानकारी दिए । उनका अनुसार अर्को अधिवेशन सुरु गर्न सरकारले प्रदेश सभालाई पत्राचार गरेकै छैन् । कोरोना महामारी, स्थानीय निर्वाचन र कर्मचारी अभावका कारण प्रदेशसभाले गति लिन नसकेको बताइन्छ । हाल सम्म प्रदेशसभाबाट ४८ वटा विधेयक पारित भइ प्रदेश प्रमुखले प्रमाणीकरण गरी कानून बनिसकेको छ भने प्रदेश सभामा पारित भएका आठ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण हुन बाँकी रहेको छ । मिनि सदन (विषयगत समिति)ले पनि अनुगमन बाहेक काम गर्न सकेका छैन् । अहिले पनि विषयगत समितिमा तीन वटा विधेयक लामो समयदेखि अड् किएको छ । दोस्रो र तेस्रो अधिवेशनमै दर्ता भएको यी तीन विधेयक ९ औं अधिवेशन अन्त्य भइसक्दासमेत पारित हुन सकेको छैन् । २०७५ भदौ २४ गते दर्ता भएको मदरसा शिक्षा बोर्ड गठन सम्बन्धी विधेयक, सोही वर्षको चैतमा दर्ता भएको प्रदेश प्रशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र ०७६ पुस २० गते दर्ता भएको प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा लामो समयदेखि रोकिएको छ । समितिले चासो पूर्वक विधेयकमा देखिएको त्रुटि सच्याई वा विवादको समाधान गरी सभामा पेश गर्न सकेको छैन् । यद्यपि लामो समय समितिको सभापतिविहीन र सदस्य हेरफेरका कारण काम गर्न नसकेको बताइन्छ । विचराधीन अवस्थामा पनि एक विधेयक छ । प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७६ मंसीर १३ गते दर्ता भएको थियो । ०७७ असार १५ गते सामान्य छलफल पश्चात आवश्यक प्रकृया अगाडि बढेको छैन् ।

Comment


Related News

Latest News

Trending News