लक्ष्मीनियाँमा कोसिस नेपालको आयोजनामा मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्था वारे सचेतता कार्यक्रम सप्पन्न भएको छ ।
बिहीबार गाउँपालिका अवस्थित वि.पि कोईराला मा.वि सपहीमा लक्ष्मीनियाँ गाउँपालिका की उपाअध्यक्ष फुलकुमारी यादवको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो । कोसिस नेपालको कोभिड– १९ बाट प्रभावित महिला युवा तथा पीछडिएका समूहका लागि मानसिक तथा मनोसामाजिक स्वास्थ्य सहयोग परियोजना अन्तर्गत मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्य बारे सचेतना कार्यक्रम मधेश प्रदेशको दुईवटा जिल्ला धनुषा र सिरहामा संचालित रहेको छ । कोसिस नेपालको खोज र रिसर्च अनुसार लक्ष्मीनियाँ गाउँपालिकामै जम्मा ५६ जना मानसिक अवस्थाले कमजोर रहेको छ त्यसमा पुरुष ३६ जना र महिला २० जना रहेको कुरा कोसिस नेपालले मनोपरामर्श कर्ता बुद्धवन्ती महतोले बताए । निःशुल्क मनोविमर्श सेवा दिँदै आइरहेका कोसिस नेपाल निरन्तर तालिम र परामर्श गरी विभिन्न कार्यक्रम गर्दै आएको छ । पालिका भरीका सबै स्वास्थ्यकर्मीहरुलाई तालिम दिई बिरामी पहिचान गर्ने र परामर्श दिने सम्बन्धमा छलफल र तालीम दिएको थियो ।
साथै आगामी दिनमा लक्ष्मीनियाँ गाउँपालिका ले पनि यस विषयमा ध्यान केन्द्रित गर्दै जनचेतना कार्यक्रम गर्ने, आगामी बजेटमा योजना राख्ने साथै प्रत्येक रोगीलाई थाहा पत्ता लगाई उचित ठाँउसम्म पर्याउने जस्ता कार्यहरु गरिने स्वास्थ शाखा संयोजक नरेश कुमार ठाकुरले बताए । कार्यक्रममा बुद्धवन्ती महतो( मनोपरामर्शकर्ता–कोसिस नेपाल) विशेष अतिथि रुपमा नरेश कुमार ठाकुर(स्वास्थ संयोजक), दिपेन्द्र कुमार यादव(स्वास्थ सह–सन्योजक), जयनारायण यादव(जिन्सी शाखा प्रमुख), जयकुमार यादव(शिक्षा संयोजक), सुमित कुमार यादवप्रशासन शाखा प्रमुख) लगायत स्वास्थ चौकी प्रमुखहरु तथा महिला स्वास्थ स्वयंसेविकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।



