२०७९ श्रावण २७, शुक्रबार ०७:५२

जनकपुरधाम उपमहानगरपालिका ७ का १८ वर्षीय अर्जुन साहको हत्या आरोपमा पाँच जना पक्राउ परेको छ ।

बिहीबार महोत्तरी प्रहरीले उनको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लोहारपट्टी नगरपालिका ९ खुट्टा पिप्राढीका २३ वर्षीय जित कुमार यादव, उनको भाई कृष्ण यादव, जनकपुरधाम ७ का (टेम्पो चालक) संतोष कुमार, शहिदनगर नगरपालिका ३ का बिगुल मुखिया, र उनको श्रीमती किरण भन्ने प्रमिला महराले पूर्व योजना बनाएर हत्या गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनका अन्सार टेम्पो चालक सन्तोष कुमारले अर्जुन साहलाई लोहारपट्टीको फूलबरिया गाउँमा रिजर्भमा जाने भनि घरबाट फकाएर लगेको थियो । भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा अर्जुनलाई जित कुमार यादव र सन्तोष कुमारले गम्छाले घाँटीमा पासो लगाई हत्या गरी सोही बाटोको पश्चिम साईडमा रहेको नहरमा फालेका थिए । साउन २० गतेदेखि नै अर्जुन घरबाट वेपता भएको थियो । त्यसको चार दिनपछि प्रहरीले महोत्तरी लोहारपट्टी नगरपालिका ८ भगवानपुर चौर स्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा उनको शव फेला परेको थियो । प्रहरीले अनुसन्धान गर्दै जादा योजनाबद्ध रुपमा अर्जुनको हत्या भएको खुलेको छ । करिव १ बर्ष अगाडि प्रमिला महरा, निजको श्रीमान बिगुल मुखिया र कृष्ण यादव भई मृतक अर्जुन साहको घरबाट नगद १ लाख तथा सुनका गरगहना चोरी गरेको थियो । उनीहरुले चोरी गरेको थाहा पाएपछि अर्जुनको आमाले उनीहरुलाई प्रहरी कार्यालयमा उजुरी गर्ने नभए चोरी गरिएको समान फिर्ता दिन भनेको थियो ।

त्यसपछि आपसी छलफल गरी प्रमिला महराको श्रीमान बिगुल मुखिया एक लाख १७ हजार र कृष्ण यादवले दुई लाख ४६ हजार तिर्ने तमसुक बनाएको थियो । त्यसपछि फेरि उनीहरु केही समय सम्पर्क विहीन भएका थिए । त्यसको एक महिनापछि अर्जुनको आमाले उनीहरुलाई जनकपुरधाममा फेला पारी तमसुक बमोजिमको पैसा नतिरे प्रहरीमा उजुरी गर्छु भनी डर देखाएकी थिइन । सोही रिसईवीको कारण उनीहरुले अर्जनुको आमालाई मारी निजको आमाले लगाएको सुनका गरगहना, घरमा रहेको नगद र निजहरूसँग बनाएको तमसुक समेत लुट्ने योजना बनाएको थियो । कृष्ण यादवले पूर्व योजना अनुसार आफ्m्नो दाजु जित कुमार यादव र सन्तोष कुमारलाई अर्जुनको हत्या गरे ३०÷३० हजार दिने प्रलोभन देखाएका थिए ।

Comment


Related News

Latest News

Trending News