२०७९ श्रावण २७, शुक्रबार ०८:०८

जनकपुरधाम बजार भित्र रहेका चौपया गाईसहितका जनावरलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले गौशाला निर्माण गर्ने भएको छ ।

जनकपुरधाम बजारको विभिन्न चोक तथा सडकहरुमा पाईने चौपाया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि सरसफाई समेत प्रभावित हुने गरेकोले उपमहानगरपालिकाले त्यसलाई नियन्त्रण गर्न गौशाला निर्माण गर्न लागेको छ । जनकपुरधाम उपमहनगरपालिका मेयर मनोज कुमार साहले बिहीबार जनकपुरधाम–१२ कुवामा गौशालाको शिलान्यास गरेका छन् । उपमहानगरपालिकाले स्थानीय राजदेवी मन्दिर अधिनस्थ गुठी संस्थानको करिव एक विघा जग्गामा करिव १ करोडको लागतमा सुविधा सम्पन्न गौशालाको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । शिलान्यास कार्याक्रममा मेयर साहले चौपाया गाईवस्तुलाई नियन्त्रण गर्न आवश्यक देखिएकोले गौशाला निर्माण कार्य अगाडि बढाएको बताए । चौपाया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि नगरको सरसफाईमा समस्या हुदै आएको उल्लेख गर्दै मेयर साहले भने,‘ गौशला निर्माण भएपछि बजार भित्रका सडक तथा चोकहरुमा अव एउटापनि चौपाया गाईवस्तु देखिदैनन्, यसले शहरको सुन्दरता समेत वृद्धि हुन्छ ।’ ७० भन्दा बढी गाईवस्तुको लागि आहार, पानीको व्यवस्था गरिने छ भने त्यसको रेखदेखको लागि उपमहनगरपालिकाले २४ घण्टा कर्मचारी खटाईने छ ।

’ त्यसैगरी, बजारमा पाईने चौपाया गाईवस्तुलाई गौशालामा लगिने र पहिलो चोटीका लागि जरिवाना लिएर मात्रै छोडिने छ । उनले नगरभित्र कुकुर व्यवस्थापनको कार्यलाई पनि चाडै अगाडि बढाउने बताए । त्यस्तै,मेयर साहले जनकपुरधाम–८ मा पार्किङ्ग स्थल समेत निर्माणको प्रक्रिया चाडै अगाडि बढाइने बताए । दशरथ मन्दिरको पछाडि रहेको रहेको गुठी जग्गामा पार्किङ्ग स्थल स्थापना गरेर बजारमा देखिएका ट्राफिक समस्यालाई समाधान गर्न सकिने मेयर साहले बताए ।

Comment


Related News

Latest News

Trending News