
सरकारले देशभर रहेका सबै मिटरव्याज पीडितलाई एक साताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।
‘मिटरव्याज अपराध नियन्त्रयाका उपायहरु सिफारिस गर्न बनेकाे कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालद्वारा जारी विज्ञप्तिमा मिटरव्याज पीडितलाई तथ्य प्रमाणसहित आगामी भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आग्रह गरेकाे हाे ।

सरकारले शुक्रबार ‘मिटरव्याज अपराध नियन्त्रयाका उपायहरु सिफारिस गर्न कार्यदल’ गठन गरेको थियो । मिटरव्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरव्याजी अपराध नियन्त्रणका उपायहरु सिफारिस गर्न कार्यदल गठन भएको हो ।
नवलपरासीमा मात्र नभई तराईका अधिकांश जिल्लाहरूबाट समेत गुनासो प्राप्त भएको संयोजक भुसालकाे भनाइ छ ।
देशैभरी मिटरव्याजीको जालो फैलिएको हुन सक्ने अवस्थालाई मध्यनजर गरी देशैभरका मिटरव्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरव्याजीले गरेका अपराध र शोषणविरुद्ध उजुरी दर्ता गर्न माग गरिएको विज्ञप्तिमा उल्लेख छ।