२०७९ श्रावण २९, आईतवार ०६:५२

जनकपुरधाम उपमहनगरपालिका–८ पगलाबावा धर्मशाला नजिकै रहेको एक घरमा अज्ञात समूहले आगजनी गर्दा लाखौ मूल्य बराबरको क्षति भएको छ ।

शनिवार घरमा कोही नरहेको अवस्थामा अज्ञात समूहले जनकपुरधाम –८ बस्ने नाजमुदिन शाहको घरको ताल्चा तोडि घरमा प्रवेश गरेर घरमै आगो लगाई दिएको थियो । पीडित शाहका अनुसार घरमा कोही थिएन, अज्ञात समूहले घरमा रहेका ससमानहरुमा आगो लगाई फरार भएका थिए । आगजनीले घरमा रहेका फर्निचरका समान, टेलिभिजन, लुगाकपडा, खाद्यान्न सामग्रीहरु जलेर नष्ट भएको छ । ६ महिना अघि मात्रै घर निर्माण गरी गृह प्रवेश गरेका थिए, पीडित शाहले भने,‘ तर मोहरम पर्वमा महोत्तरीको खुट्टा पिपराडिमा रहेको पुस्तैनी घर गएको बेला यो घटना भएको हो । आगजनीले घरमा पेन्टहरु समेत खराब भएको छ भने पुनः मर्मत गराउनुपर्ने अवस्थामा रहेको उनले बताए । आगजनीले करिव १० लाख मूल्य बराबरको क्षति भएको उनले बताए । घटनाको विषयमा आइतबार विहानै प्रहरीमा निवेदन दिएपनि अहिले सम्म दोषीलाई प्रहरीले सार्वजनिक गर्न नसकेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News