२०७९ श्रावण २९, आईतवार ०७:२३

डिभिजन वन कार्यालय बाराले तीन थान सालको काठ सहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

ज ी त प ु र िस म र ा उपमहानगरपालिका–१६ मगर टोलबाट अवैध साल गोलिया लोड रहेको अबस्थामा ना ५८ प ९५०८ न. को मोटर साइकल गएराति नियन्त्रणमा लिएको सहायक वन अधिकृत ललन राउतले जानकारी दिए । बरामद करिब ९ क्युफिट काठलाई सेक्टर वन कार्यालय डुमरबानाको प्राङ्गनमा र मोटरसाइकल डिभिजन वन कार्यालय सिमरामा राखिएको छ । वन गस्ती टोलीलाई देखेर काठ तस्कर फरार रहेकाले खोजी कार्य भईरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।



 

Comment


Related News

Latest News

Trending News