२०७९ श्रावण ३१, मंगलवार १५:००

प्रदेश प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध थालेको आन्दोलन स्थगित गरेको छ ।

साउन २९ गते आइतबारबाट शुरु भएको धर्ना कार्यक्रम तीन दिनमा नै सकिएको छ । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा धर्ना कार्यक्रम स्थगित भएको छ ।

प्रदेश प्रमुख मिश्रले मुलुक चुनावमा होमिएकाले चुनावपछि प्रहरी समायोजन हुने प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गर्नका लागि आफूले आग्रह गरेको बताउनु भयो ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री शेरबहादुर देउवा तथा गृहमन्त्री वालकृष्ण खाण सहित सरकारमा रहेका दलका शीर्ष नेताहरूले प्रहरी समायोजनको काम मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावपछि गर्ने आश्वासन दिनु भएकाले धर्ना कार्यक्रम स्थगित गरेको जानकारी दिनु भयो ।

प्रधानमन्त्री आफैले फोन गरेर समायोजनको तयारी आफूहरूले पनि गरेको बताउँदै अरू केही विषयहरू मिलाउनु पर्ने भएकाले चुनावपछि समायोजन गर्ने विश्वास दिलाएपछि हालका लागि धर्ना सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राउतले जानकारी दिनु भयो ।

Comment


Related News

Latest News

Trending News