२०७९ भाद्र १, बुधबार ०६:२२
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिइएन) ११ औं प्रादेशिक अधिवेशन सम्पन्न भएको छ ।
मंगलबार जनकपुरधाममा अधिवेशन सम्पन्न भएको भएको हो । अधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गरेको छ । प्रदीपराज पाण्डेको नेतृत्वमा १६ सदस्य नयाँ पदाधिकारी सर्वसहमतिमा चयन गरिएको छ । उनी यसअघि पनि एक कार्यकाल अध्यक्ष रहिसकेका छन् । एनटिइएनको उपाध्यक्षमा राजेश्वर जयसवाल, दीपेन्द्र गोविन्द वैद्य, सचिवमा पारसनाथ प्रसाद, सहसचिवमा पम्मी दुवेदी, महेशकुमार साह र कोषध्यक्षमा कामेश्वर पण्डित चयन भएका छन् ।


