२०७९ भाद्र १, बुधबार ०७:०९

अहिलेको युगमा भगवान श्रीकृष्णलाई मान्नेहरु विश्वव्यापी रुपमा बढिरहेका छन् ।

ज्ञान र चेतनाको विकास विश्वमाएकातिर खूब वृद्धि भइरहेको छ भने अर्कोतिर यसको आधारमा मानिसमातर्क गर्ने क्षमताको पनिनिरन्तर विस्तार भइरहेको छ । मानिसमातथ्य र तर्क दुवै गर्ने क्षमताको विकास हुँदै गएको हो । मानिस बढी भौतिकवादीहुँदै गइरहेका छन् । मानिस जति धेरै भौतिकवादीहुँदै गइरहेका छन्, धर्म र आस्थामापनिउत्तिकै श्रद्धा देखिनथालिएको छ । आजभोलिधार्मिक यात्रामा वृद्धि भएको छ, धार्मिक यात्रागर्ने मानिसको संख्यामा वृद्धि भएको छ । धार्मिक यात्राको तामझाममापनि वृद्धि भएको देखिएको छ । हो, मानिसको आस्थामापनि वृद्धि हुनु र आस्थाको प्रदर्शनमा वैज्ञानिक उपकरणको उपयोग बढ्नु स्वाभाविकमानिनथालिएको छ । धार्मिक कार्य र धर्मसम्बद्ध व्यवहारलाई कतिपयले अन्धविश्वास पनिभनिरहेका छन् । अन्धविश्वास मान्नु र हृदयबाट धर्मलाई मान्नुमादुई पृथकमानवीय दृष्टिकोण देखिन्छन् । अन्धविश्वास मान्नेहरुको संख्याअझै पनिकम नै छ र धार्मिक गतिविधिमा संलग्नहुने तथाहुनचाहनेको संख्याभने अझै पनि समाजमा बढी नै रहेको छ । समाजमाधार्मिक चेतनाभएकामानिसको संख्या बढी छ भन्दाअत्युक्तिनहोला तर अधिकांशमानिस एकले अर्कालाई देखेर र सुनेर धार्मिक गतिविधिमा बढी संलग्नहुने गरेका छन् । यसलाई धार्मिक अनुकरण पनिभन्न सकिन्छ । हाम्रो समाजमाधार्मिक कार्यको अनुकरण हुनुलाई स्वाभाविक मानिन्छ । हरेक वर्ष विभिन्न चाडपर्वहरु सम्भवभएसम्म परम्परागततरिकाले मनाउनखोज्नु एक किसिमले वार्षिक अनुकरण पनिहुन् । धार्मिक अनुकरणले मानिसमाअसल गुण वाचरित्रको विकास हुने कुरामापनि समाजमा सकारात्मक दृष्टिकोण रहेको पाइन्छ ।

कृष्णलाई कतिपयले पूर्ण अवतार मान्दछन् र कतिपयले व्यासको चमत्कार ठान्दछन् । कृष्णका अनुयायीहरु ब्ढिरहेको र बढ्दै गइरहेको वर्तमान सन्दर्भमा कृष्णलाई भगवानमान्नेको संख्या बढिरहेको कुरालाई स्थापितगर्दछ । कृष्णको जन्मभदौमाभएको हो । भदौ महिनाको कृष्ण पक्षको अष्ठमी तिथिको रातमाभएको मानिन्छ । यसैले अहिले विश्वभर कृष्णको जन्मोत्सवमनाउने आफ्नै किसिमको तयारी छ । कृष्णको जन्मोत्सवको दिनलाई विश्वमा कृष्णाष्ठमी भनेर चिनिन्छ । कृष्णाष्ठमीको दिनलाई हिन्दू समुदायमा एउटा पर्वको रुपमा लिइन्छ । नेपालमात यस दिनऔपचारिक सार्वजनिकविदा नै दिने चलन रहेको छ । कृष्ण मन्दिरमापूजागर्ने तथा कृष्णको भजन स्तुतिगर्नेहरुले आफ्नै किसिमले कृष्ण जन्माष्ठमी पर्वलाई मान्दछन् भने कृष्णका देनहरुको स्मृति गरेर तथा कृष्णको दृष्टिकोणलाई लिएर मन्थनगर्नेहरु पनिविश्वव्यापी रहेका छन् । कृष्णको युगतथाचरित्रलाई वैज्ञाानिक दृष्टिकोणले विचार गर्नेहरु पनिआजको दिनमानभएकाहोइनन् । महाभारतमा एउटा सन्दर्भ आउँछ कि एउटा आकाशयन्त्रमा वाणले हान्नु पर्दछ । वाणले हान्ने बेलामातलतिर तेलमा हेर्नुपर्दछ । तलतिर तेलमा हेर्दा एउटा माछा तैरिरहेको देखिन्छ । त्यो माछा आकाशयन्त्रथियो वास्तवमा । तल तेलमा हेरेर आकाशयन्त्रको माछाको आँखामा वाणको तिरले हान्नुपर्ने हुन्छ । यस कार्यलाई त कोहीपारंगतले मात्रगर्न सक्ने कुरालाई सबैले मानेकै छन् । अहिले पनिहजारौँ वर्षपछि यदि यस किसिमको कार्यलाई कसैले दोहो¥याउन भन्दछन् भने यो आजपनि कठिन काम हुन्छ । अर्जुनले गरेकाथिए । अर्थात् अर्जुनमात्यो क्षमताथियो । अहिले आकाशयन्त्रको परिकल्पनाको मात्रचर्चा गरौँ । आकाशयन्त्रको परिकल्पनाकुनै अन्धविश्वास हो वाथियो ी कृष्णको जन्म नै जेलमाभएको थियो । महाभारतकथाअनुसार देवकी र वसुदेवको विवाहभएदेखि नै जेलमाबन्दगरिएको थियो । दुवैका आठ सन्तानजन्मलिए । सबै आठ सन्तान जेलमा नै जन्मलिएकाथिए । भगवानश्रीकृष्ण आठौँ सन्तानथिए । विशेष परिवेशकाकारण देवकी र वसुदेवका सन्तानहरुको भरणपोषण हुन सकेको थिएन तर यसबाट यो देखिँदैन कि जेलमाजन्मभएकाबालबालिकाको भरणपोषणको अधिकार थिएन । यदि जेलमाप्रजननको अधिकार थियो भने जन्मेकाबालबालिकाको भरणपोषणको अधिकार पनि रहेको थियो भन्ने स्पष्ट हुन आउँछ । ऐन कानुननिर्माण गरेर प्रजननअधिकारलाई विस्तार गर्न सकिन्छ ।

कैदीबन्दीलाई पनि सुरक्षितमातृत्वअधिकार वापिताबन्ने अधिकार प्रदानगर्नु न्यायोचित छ । वर्तमान सन्दर्भमाविश्वमामानवअधिकारको कुरो धेरै राम्रोसितआइरहेकोले कैदीबन्दीलाई पनिकानुनबनाएर कानुनको आधारमाप्रजननअधिकारको व्यवस्थागर्नु उचित हुन्छ ।कोही जेल जानुपर्ने कारण अनेक हुन सक्छ वाकोहीकुनै कारणले जेल गएको हुन सक्छ तर प्रजननको अधिकार हुँदा जेलमा बस्नेको वा जेलभन्दाबाहिर रहेको अर्को व्यक्तिको मात्रअधिकारको पक्षमा सीमित रहँदैन । विश्वमानयाँमानिस आउने पनि हुन्छ, विश्वमाआउने नयाँमानिसको अधिकारको पनिपक्ष स्थापितहुन पुग्छ । यसरी प्रजननको अधिकार दुई दम्पत्तिभन्दापनि केही पर पुगेर नयाँमानिसको अधिकारको पक्षसितपनि केहीहदसम्मगाँसिएको हुन्छ भन्न सकिन्छ । यसर्थ प्रजननको अधिकारको पक्षमा समाज अगाडि बढ् नुलाई राम्रो मान्नु पर्छ । जेलभित्रजन्मेका सन्तानप्रति समाजको दृष्टिकोण नराम्रो नै हुन्छ भन्ने पनिहोइन । सबैले बुझेका छन् किभगवानश्रीकृष्णको जन्म जेलभित्र नै भएको हो । भगवनश्रीकष्णप्रति सामाजिक दृष्टिकोण निकै सम्मानपूर्ण रहेको छ । श्रीकृष्णलाई भगवान नै मान्नेको संख्या ठूलो छ र भगवानको जन्मपनि जेलमाहुन सक्छ । यसै गरी विशेष परिवेशले गर्दा धेरै राम्रा र ठूला मानिस पनिकुनै समयमा जेलमा परेकाहुन सक्छन् । यसरी जेलका कैदीबन्दीलाई प्रजननको अधिकार दिँदा समाज संकुचित दृष्टिकोण राख्ने किसिमको हुँदैन । समाजले विगतमा सजिलै स्वीकार गरेको छ, सम्मान गरेको छ भने वर्तमानमा त झन् समाजनिकै फराकिलो दृष्टिकोणको भइसकेको छ ।

यस अवस्थामा कैदीबन्दीलाई प्रजननअधिकार प्रदानगर्दा सबै दृष्टिकोणले न्यायोचितहुने देखिन्छ । हाम्रो परम्परागतपौराणिक मान्यतादेखि वर्तमानआधुनिकमानवअधिकारको दृष्टिकोणले पनि कैदीबन्दीलाई प्रजननअधिकार न्यायोचित रहेको अभिमत देखिन आउँछ ।

Comment


Related News

Latest News

Trending News