बाराको निजगढ नगरपालिकामा विगत १५ दिनदेखि लाग्दै आएको तालाबन्दी मंगलबार खुलेको छ ।
नगरपालिकामा पुनः सरुवा भएर आएका सुमन कार्कीको सरुवा मन्त्रालयमा भएपछि नगर प्रमुख सरथ पुरीले प्रमुख प्रशाकीय अधिकृतको कक्षमा लगाइएको ताल्चा खोलेका हुन् । प्रमुख प्रशासकीय अधिकृत कक्षको ताला खोलेर डिजिटल हाजिरी शुरु गरेपछि नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा समेत लगाइएको तालाबन्दी कार्यपालिका सदस्यहरु खोलिदिएका छन् । नगरप्रमुख र उपप्रमुखको कक्षमा तालाबन्दी गरेका वडाअध्यक्ष सुर्य घलानले हामीले माग गरे अनुसार प्रमुख प्रशासकीय अधिकृतको कक्षको तालाबन्दी खोल्ने र डिजिटल हाजिरी सुचारु लगायतको माग सम्बोधन भएकोले सबै ताला खोलिएको बताए ।
यस अघि दुई दिन अघि राप्रपाले तालाबन्दी खोल्न ७२ घण्टे अल्टिमेटम दिएको थियो । मन्त्रालयले अर्को प्रशासकीय अधिकृत निजगढ नगरपालिकामा नपठाएपनि प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीलाई मन्त्रालयमा तानेपछि समस्या समाधान तर्फ अघि बढेको छ ।


