अपडेट 
२०७९ भाद्र ३, शुक्रबार ०७:०९

प्रतिबन्धित औषधिसहित धनुषामा एक युवक पक्राउ परेको छ ।

विहीबार जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइलबाट एक लाख २० हजार आठ सय ७६ रुपैयाँको अवैध औषधि सहित एक युवक पक्राउ परेको हो । प्रतिबन्धित औषधि ओसार पसार गरिरहेको सूचनाको आधारमा नगराइन नगरपालिका ३ बैरी फुलगमाका २० वर्षीय पंकज साहलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका साहको साथबाट रोजोज डिएसआर क्यापसुल एक दुई सय ९२ पाता, पेन्टोग इट डिएसआर क्यापसुल ५९ पाता, लिभ सेट फाइभ ४७ पाता र सेटराइज हाइड्रोक्लोराइड आइपी ११ पाता बरामद भएको छ ।

साहलाई प्रहरीले नियन्त्रणमा लिएका छन् । बरामद भएका औषधिहरु कानूनी प्रकृया पु¥याई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग वीरगञ्ज पर्सामा पठाइएको छ ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News

Latest News

Trending News