नेपाल उपत्यकामा आज जति पनि सांस्कृतिक परम्पराहरु पाइन्छ ती सबैमा अधिकांश मल्लराजाहरुले प्रारम्भ गरेको भन्नुमा उत्युत्ति हुँदैन । त्यसमा मध्यकालीन नाट्यकलाको इतिहासमा मल्लराजाहरुको समयमा भएको नाटयकला, वास्तुकला, शिल्पकला, ललितकला, संगीतकला, धातुकला, प्रस्तरकला आदि विभिन्न कलाहरुको साथ भाषा साहित्यहरुको विकास भएको देखिन्छ । मल्लराजाहरुमा गीत संगीत, नाटक प्रतिको लगावले गर्दा नै ती राजाहरुले आफ्नो दरवारमा नाटककार, कवि, साहित्यकाहरुलाई अत्यधिक सम्मान गरेको पाइन्छ । यस्ता क्रियाकलाप आदिले गर्दा मल्लकालमा नेपाल उपत्यकामा कला र साहित्यको क्षेत्रमा धेरै नै विकास भएको पाइन्छ । यसै कारणले होला मल्लकाल नेपालको इतिहासमा स्वर्णकाल पनि भन्ने गरिएको छ । कार्तिक नाचको प्रारम्भ पाटनका राजा सिद्धिनर सिंह मल्लले गरेको संस्कृति विदहरु बताउँछन । सिद्धिनरसिंह मल्ल कवि पनि हुनुहन्थ्यो । सुर्य विक्रम ज्ञवालीद्वारा लिखित “नेपाल उपत्यकाको मध्यकालीन इतिहासमा भनिएको छ” विभाजित नेपालका राजाहरु संगीत बाहेक कविताका पनि बडा प्रेमी थिए । कृष्णाश्रित यो भक्ति थियो तथा जयदेव औ विद्यापतिका कवितावलीद्वारा यसले सम्वद्र्धन पाएको थियो ।” उहाँ लेख्नु हुन्छ “मैथिली भाषामा भक्ति प्रधान कविता लेख्ने राजाहरु मध्ये पाटनका सिद्धिनरसिंह मल्लको निकै ख्याति छ । इनले लेखेका गानहरुको यौटा संग्रह पाइएको छ तथा उनका कविताहरु जो प्राप्त छन तिनीहरुबाट उनी लोकप्रिय कवि भएका कुराको अनुमान हुन्छ ।” त्यस्तै डी.आर.रेग्मीद्वारा लिखित “मेडाइमल नेपाल” भाग २ मा सिद्धिनरसिंह मल्लले मैथिलीमा भक्तिप्रधान गीतहरु लेख्नु भएको कुरा उल्लेख गर्नु भएको छ । डा.जयमन्त मिश्र आफ्नो पुस्तक “मैथिली अभिलेख गीत माला” (मैथिली अकादमी पटना) मा मैथिल विद्वानहरु तेरहौ–चौथो शताव्दी देखि नेपालको काठमाण्डू उपत्यकाको विभिन्न भागहरुमा बस्दै आउनु भएको हो । उहाँहरु आफ्नो वैदुष्य र मैथिलीको माधुर्यबाट मल्ल राजाहरुलाई पूर्णतः आकृष्ट गर्नु भयो ।
मल्लराजाहरु म्ैथिली भाषाको माधुर्यबाट मुग्ध भएर स्वयं राम्ररी सिखेर यस भषालाइृ साहित्यिक भाषाको स्थान दिनुभयो । मैथिलका कविहरुको सहायताले उनीहरु मैथिली गीत नाटक आदिको रचना प्रारम्भ गर्नुभयो । मैथिली भाषा त्यहाँ एउटा परिनिष्ठत साहित्यिक भाषा बन्यो । सबैभन्दा महत्वपूर्ण कुरा तसर्थ यो हो कि मैथिली त्यहाँ भाषाको त्यस स्थायीरुपतालाई प्राप्त ग¥यो जसले गर्दा मैथिली शिलालेखहरुको भाषा पनि बन्यो । नेपालको मल्लकालको चर्चा गर्दै प्रो. डुण्डीराज भण्डारी आफ्नो पु्स्तक “नेपालको ऐतिहासिक विवेचना” (कृष्णमुर ारी वाराणसी) मा यस काल (मल्लकाल) मा प्रचलित भएको धेरै यात्राहरुले आजसम्म पनि नेपाल उपत्यकाको सामाजिक जीवनमा आफ्नो स्थान कायम राखेकोले मल्लकालमा प्रचलित भएका यात्राहरुले रप्क र नृत्यकलाको क्षेत्रमा निकै नै उन्नति गरेको देखिन्छ । भनी उल्लेख गर्नु भएको छ । पाटनको प्रसिद्ध कृष्ण मन्दिर राजा सिद्धनरसिंह मल्लद्वारा नै निर्माण गरिएको थियो जो आज पनि पाटनमा कृष्ण भक्तिको प्रधान केन्द्रको रुपमा प्रसिद्ध छ । यस मन्दिरमा आज नेवारी प्रभावित मैथिली गीतहरु गुजिरहेको सुन्न सकिन्छ । कार्तिक नाच कार्तिक महिनामा नै हुने भएकोले यसलाई कार्तिक नाच भनिन्छ । यो पाटनको नाशल चौकमा गर्ने गरिएको कुरा थाहा हुन्छ । यो नाच गर्दा तीनवटा वा चार वटा कोणहरुमा प्रदर्शित गर्ने गरिएको र यसबाट नाशल चौकको चारैतिर भएका दर्शकहरुलाइृ हेर्न सजिलो होस भन्ने हेतुले यसको मंचन–आयोजन गरिन्थ्यो । मल्लकालीन नाटकहरुमा पनि कोणको प्रयोग गरिएको थाहा हुन्छ । कोण प्रयोगको एकमात्र उद्देश्य नाशलचौक जहाँ नाटक अथवा नाचको मंचन गरिन्थ्यो त्यहाँ दर्शकहरुलाई हृर्न असुविधा नहोस हेतु रहेको बुझिन्छ । मल्लकालीन नाटकहरु तथा नाचहरुमा मल्लराजाहरु प्नि विभिन्न भूमिकाहरु निर्वाह गरेको देखिन्छ । जहाँसम्म कार्तिक नाचको कुरा छ यो पाटनका राजा सिद्धिनरसिंह मल्लले प्रारम्भ गर्नु भएको थियो । यस नाचमा श्रीकृष्ण र श्री महादेवको युद्ध, श्री कृष्ण र सुदामाको खेल, उषाहरण, भैरव, महालक्ष्मी, विष्णुको जलशयनी लीला, बाराह अवतार, नृसिंह अवतार आदिको मृत्य हुन्छ । यसमा बाराह र नृसिंह आदिको लागि मुखौटाको प्रयोग गरिन्छ । वर्तमान समयमा यस नाचमा केही लोक पक्ष पनि थपिएको कुरा बताइन्छ । सिद्धिनरसिंह मल्लले प्रारम्भमा यो नाच आठ दिन मात्र हुन्थ्यो तर पछि दुई हप्तासम्म गरियो । पछि सिद्धिनरसिंह मल्लका नाती योग नरेन्द्र मल्लले पन्ध्र दिन थप गरी एक महिनासम्म यो ना चगर्ने चलन चलाएको देखिन्छ । हाल यो नाच कार्तिक शुल्क षष्ठी देखि त्रयोदशी सम्म मनाउने चलन चलिरहेको देखिन्छ । यो नाच हुने स्थानलाई कार्तिक डबली पनि भन्ने गरिन्छ ।
यस नाचमा प्रयोग गरिने मैथिली गीतहरुमा मैथिली भाषाका रागहरु नै प्रयोग भएको पाइएको छ । यसको प्रमुख कारण राजा सिद्धिनरसिंह मल्ल यस भाषाका ज्ञाता हुनुको साथै त्यस समयमा मैथिलीका विभिन्न विद्वानहरुलाई राज्यमा उचित सम्भाव दिएर राखेर यी विद्वान कविहरुबाट विभिन्न रचनाहरु ग्र्न लगाईएको कुरा थाहा हुन्छ । त्यस समयमा नै यस नाचका रागहरु यसै भाषाहरुमा बनाइएका हुनाले हालसम्म पनि यसै भाषाका रागहरुको नाचमा प्रयोग गरिन्छ । यो नै यस नाचको गीतहरुको विशेषता भएको बुभिन्छ । यसबाट राजा सिद्धिनरसिंह मल्ल संगीत कला मर्मज्ञ भएको पनि बुझिन्छ । कार्तिक नाचमा गाइने केही गीतहरु नाटेश्वरलाई गर्ने स्तुती– नमो नित्यनाथ महेश्वर त्रिभुवन या नाथ हे नन्दी भृन्दी गणेश कुमार हरगण सँग हे भुषण व शशि माथे जटा गंगाधारी हे ओधय बाघम्वर अंगे विभूति लगाई हे त्रिशुल डम्बरु लिये हाथ वृषभ चढाई हे कहीव नेपाल बछल दुर्गा रत्न रंग हे नबरस नाथ ईश्वर देओ दरसन हे । शुरुमा प्रागंणमा स्तुती सकेपछि नाचने बेलामा गाइने गीत– मयूर मुकुट सिरपर रंचे लक्ष्मी सरस्वती विराजित सँगे नरहरि आयेल रसरंगे ।
शुक्राचार्यका छोरा सन्दक र अमर्क लेनृसिंह अवतारको बखत प्रहलादलाई मन्त्र सिकाउदा गाइने गीत–
आये विप्र संदामर्क पण्डित राजे नानाशास्त्र पारंगत गुण के अपार डबलीमा निकिएका कलाकार गाउदै भित्र जाने बेलाको गीत समुख सुनयनी सुन मेरे वाणी तुम्हारे रुप जौभन देखि म्दन दहन छवि चिन्त नहि थी काम रसदय मोरे करिय धिरे पुण्य लक्ष्मीके पति नरपति हिरे राज्य प्रकाश नृप करिय धिरे ।। यी गीतहरु मैथिलीका विभिन्न रागहरुमा गाइने परम्परा रहेको देखिन्छ । यो नाच वा भनौ नाटक नेपाल उपत्यकाको प्रमुख सांस्कृतिक आकर्षण रहेको पाइन्छ ।

