अपडेट 
२०७९ भाद्र ४, शनिबार ०७:२४

जनकपुरधाममा प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ ।

शुक्रबार फुटपाथ खाली गराउने क्रममा नेपाल प्रहरी, नगर प्रहरी र व्यवसायीबीच घम्साघम्सी भएको छ । नगर प्रहरीले फुटपाथबाट व्यवासयीहरुलाई खाली गरेर जान भन्दा उनीहरु अटेरी गरेको थियो । नगर प्रहरी र व्यवसायीबीच विवाद हुन थालेपछि नेपाल प्रहरीको टोली पुगेर फुटपाथ खाली गराएको थियो । सोही क्रममा प्रहरीले व्यवसायीहरुले फुटपथमा बिक्री गर्न राखेको प्रसाद, माला, मिठाइ र खाद्यान्नसहितको सामग्री र ठेला पालिकाको गाडीमा राख्न थालेपछि विवाद उत्पन्न भएको थियो ।

त्यसपछि प्रहरीले बल प्रयोग गरी समान लोड गरेका थिए । लाठी चार्जसमेत गरेको आरोप लगाइएको छ । प्रहरीसँग विवाद गर्न खोज्ने ९ जनालाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियो । पछि उनीहरुलाई रिहा गरेका थिए ।

Comment

Related News

Latest News

Trending News