अपडेट 
२०७९ भाद्र ४, शनिबार ०७:३०

भगवान श्रीकृष्णको जन्म भाद्र कृष्णपक्ष अष्टमी मध्यराति भएको थियो । यस दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष यस शुभदिनलाई कृष्णाष्टमीको रुपमा मनाउँने चलन छ । यस वर्ष शुक्रवार मध्यराति हामी कृष्ण जन्माष्टमी र शनिवार कृष्ण उत्सव मनाउँदै छौं । द्वापरमा जन्म ग्रहण गरेका भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै पाठकमा हार्दिक शुभकामना तथा हैपी बर्थ डे हे ! किसुन गोसाञी । भगवान विष्णुको अनेकौ अवतार भएका छन् । तीमध्ये कृष्णावतार सोह्रौ कला लिएर भएको थियो । सोह्रौ कलालिएर जन्मग्रहण गर्ने सुअवसर भगवान श्रीरामले समेत पाएका थिएनन् । भनिन्छ– त्रेतामा श्रीरामलाई जन्मग्रहण गर्नु पर्ने अनेक कारणमध्ये एक थियो–रामावतारको वेला उनले लीला रचाउन सकेका थिएनन् । अतः रामावतारको क्रममा बांकी रह्न गएको लीला रचाउनलाई विष्णुलाई कृष्णावतार लिनु परेको थियो । सोह्रौ कलाको अर्थ हुन्छ – सर्वगुण सम्पन्न महामानव । शास्त्रीय रुपमा सोह्र कला अन्तर्गत– श्रीसम्पदा भएको अर्थात् धनवान,भूसम्पदा भएको अर्थात् भूमिका स्वामी,कीर्ति सम्पदा अर्थात् अरुलाई प्रभावित गर्न सक्ने सुकीर्ति गर्ने क्षमता भएको,वाणि सम्मोहन भएको अर्थात् वाक पटु,लीला अर्थात् चमत्कारी अभिनय क्षमता सम्पन्न,कान्ति अर्थात् सुदर्शन,विद्या अर्थात् वेद,गीत–संगीत, चित्रकला, नृत्यआदि सम्पूर्ण कलाका स्वामी, विमल अर्थात छल कपट र भेदभावरहित,उत्कर्षिणी क्षमता अर्तात् अरुलाई आकर्षित वा सम्मोहन गर्न सक्ने क्षमता भएको,नीर क्षीर विवेक अर्थात् सहि,सटिक तथा तत्काल न्याय दिने क्षमता,कर्मण्यता अर्थात् स्वयं सदुकर्म गर्ने,योग शक्ति अर्थात् जोड्ने क्षमता भएको, सत्यवादिता,विनयशिलता अर्थात् अहंकार मुक्त,आधिपत्य अर्थात् आफ्नो स्वभाव र प्रभावको आधारमा अरुलाई प्रभावित गर्ने क्षमता भएको,अनुग्रह क्षमता अर्थात् परोपकारी, अरुको हृदयमाथि प्रभाव जमाउन सक्ने र सत्यवादी चरित्र । यी सोह्र गुणले परिपूर्ण भगवान श्रीकृष्णलाई, जन्मदिनको लाख लाख शुभकामना ।

हे लीलाधर ! हामी सबैलाई सद्बुद्धी दिनुहोस । बादरायण वेदव्यासद्वारा लिखित महाभारत अन्तर्गतको गीताको तृतीय अध्यायको २१औं श्लोकमा भनिएको छ – ‘यद्यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जन ः स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।’ अर्थात् श्रेष्ठ पुरुष जे जे आचरण(काम) गर्छन,आमजन पनि त्यस्तै आचरण र काम गर्न चाहन्छन । जेष्ठ पुरुष जुन प्रमाण वाव्यावहार प्रस्तुत गर्छन , समस्त मानव जाति यसैको अनुशरण गर्न थाल्छन् ।’ होपनि,हिरो हिरोईनको केश स्टाईलदेखि पोशाकसम्मको अनुशरण,देशी विदेशी नेताहरुको दाह्री र कोटको अनुशरण यसका उदाहरणहरु हुन् । हामीले आजसम्म व्यावहारमा उतार्दै आएको जवाहर कोट होस् कि लेलिनकट दाह्री यसका ज्वलन्त उदाहरण हुन् । तर गीताको उपदेश दिने कृष्ण जन्मोत्सवको अवसरमा अन्तरराष्ट्रिय क्षितिजमा आम जन एउटा हिरोको अनुहार खोजी रहेको छ । जसको चरित्रको अनुकरण गर्न सकियोस । जसको कामको अनुशरण गर्न सकियोस अनि जसले लगाएको पोशाक लगाएर गर्व गर्न सकियोस् । मैले त सकिन । मलाई नेता,अभिनेता,सामाजिक कार्यकर्ता,सन्त महन्तमध्येबाट एउटै अनुहार खोज्न सकिन जस्को चरित्रको अनुकरण गर्न सकूं । सोह्रौ कलाका स्वामी श्रीकृष्ण जन्म दिवसको अवसरमा आफ्नो छातीमाथि हाथ राखेर तपाई नै भन्नोस – तपाईले आफ्नो हिरो खाज्न सक्नु भयो ? आजको यस युगलाई यन्त्र युग भनिएपनि राज्य र समाजलाई राजनीतिले डो¥याएको छ । राज्यका सम्पूर्ण अवयवहरु राज्यको नियन्त्रणमा छन् । सजिलो भाषामा राज्य भनेको सरकार हो र सरकार भनेको राजनीति दल वा दलहरुको गठबन्धनको हो । आमजनको आशा र अपेक्षा हुन्छ– शिक्षा क्षेत्र स्वतन्त्र हुनु पर्दछ । पत्रकारिता स्वतन्त्र हुनु पर्दछ । झन न्यायक्षेत्र त स्वतन्त्र हुनै पर्दछ । आमजनले रोजेका र खोजेका ई आदर्श ठिकपनि हो । तर के यो सम्भव छ ? विश्व विद्यालयको उपकुलपति राजनीतिक भागवण्डामा नियुक्त हुन्छन् । पत्रकारका नेताहरु पार्टीगत रुपमा चयन हुन्छन् ।

न्यायमूर्तिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन्छ । साहित्यिक, सांस्कृतिक वा पेसागत पुरष्कार र सम्मान राजनीतिक पहुंचको आधारमा वितरण गरिन्छ । राजनीतिक आस्थाविनाको कुनैपनि सुयोग्य कानून व्यावसायी न्यायमूर्ति बन्न पाउँदैनन् । क्षमतावान र वरिष्ट पत्रकार प्रेस काउन्सिल,मधेस मिडिया प्राधिकरण वा अन्य कुनै सर्वोच्च पदमा पुग्न सक्दैनन् । पुरष्का प्राप्तिको लागी पार्टीका व्यक्ति हुनु पर्ने वाध्यता छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गते हुदैछ । आम नागरिकको हक अधिकारसंग सरोकार राख्ने र नराख्ने दल र दलसम्बद्ध नेताहरुको दौडाहा सुरु भई सकेको छ । ठाउँ अनुसारको पोशाक र भाषा प्रयोग गर्न खप्पीस हाम्रा नेताजीहरु पुनः घर दैलो पुग्दै छन् । मधेस झर्दा गमछाको पगरी लगाउँने अनि पहाड उक्लिदा ढाका टोपीमा सज्जिने नेताजीहरुसंग सोझा मतदाताहरु आजसम्म दोहरो वार्तालाप गर्न सकेका छैनन् । नभए मलको हाहाकार भई रहेको वेला आफ्नो गृहनगर सप्तरी पुगेका कृषि मन्त्री मृंगेन्द्रनारायण सिंह यादवलाई त्यहाँका मतदाताले ५१ किलोको फूलको माला लगाउँनु पूर्व अवश्य सोध्ने थिए होला–मन्त्रीजी मल खोई ? सोह्रौ कलाका स्वामी श्रीकृष्ण जन्म दिवसको अवसरमा आज लीलाधरसंग सोध्न मन लाग्यो– हे किसुन गोसाञी ! हाम्रा नेताजीहरुलाई गुणवान बन्न सद्बुद्धी दिनुहोस् अनि मतदाताहरुलाई नेताजीहरुसंग आँखामा

Comment

Related News

Latest News

Trending News