अपडेट 
२०७९ भाद्र ४, शनिबार ०७:३८

जनकपुरधाम उपमहनगरपालिका–१९ जमुनियामा एक जमिनदारले बाटोमौ धान रोपेपछि चमार समुदायको तीन घरपरिवार बिच्चलीमा परेका छन् ।

जनकपुरधाम–१९ जमुनिया बस्ने लटु महरा चमार, श्रीवति महरा चमैन र सुसिला देवि महरा चमैनको घर जाने बाटोमा स्थानीय भोला यादवसहितले धान रोपिदिएपछि उनीहरु घरमै थुनिएका छन् । ६० वर्षीय लुट महरा चमार स्थानीय भोला यादवको करिव २० वर्षदेखि दैनिक रुपमा मजदुरी बनिहारी गर्दै आएका थिए । तर उनको स्वास्थ्य अवस्था बिग्रेपछि उनी करिव ६ महिनादेखि काम छोडेर बसेका छन् । काम छोडेपछि यादवले महरा र उनका परिवारजनलाई विभिन्न वहानामा शारीरिक तथा मानसिक याताना दिने गरेका छन् । यति सम्मका लागि यादवले महराको घर जाने बाटो नै बन्द गरी घरमै थुन्ने कार्य गरेका छन् । पीडित महराले भने,‘ म शारीरिक रुपमा अपाङ्ग छु, स्वास्थ्य अवस्था ठिक पनि छैन । तर पनि मालिकले आफ्नोमा काम गर्न दबाब दिइरहेका छन् ।’ अव काम गर्न सक्दिन, मेरो स्वास्थ्य ठिक छैन भन्दा भोला यादव, भतिजा इन्देश यादवसहितले बेलाबेलामा मलाई धाकधम्की देखाउछन्, महराले भने,‘ दुई दिनदेखि घर जाने बाटो नै बन्द गरी त्यसमा धान रोपिदिएका छन् ।’ हामी तीन जना महरा परिवार विगत १० वर्षदेखि यहाँ बस्दै आएको छौ, उनले भने,हाम्रो घरमा विद्युत् मिटर पनि जडान छ । तर अहिले आएर भोला यादवले ती बाटो आफ्नो भएको भन्दै दुई दिन अगाडि हामीलाई कुटपिट गरि जवर्जस्ती बाटोमा खनजोत गरेर धान रोपेका छन् ।

अव हामी कसरी घरबाट वाहिर निस्कन छौ ? आर्थिक रुपमा दयनीय महरा परिवारलाई १० वर्ष अघि भोला यादवले नै उनीहरुलाई सो जग्गा खरिद गराई बस्न घरवार बनाउन सहयोग गरेका थिए । यादवले आफ्ना नातामा पर्ने भाइ योगनारायण यादवसँग जग्गा खरिद गर्न लगाइ उनीहरुको घरवार बसाइ दिएका थिए । योगनारायण यादवले भने,‘ त्यतिवेला उनीहरुलाई म आफ् नो जग्गा बेच्ने वाला थिएन, कारण बाटोको समस्या थियो । मेरो जग्गा सडकसँग जोडिएको थिएनन् । तर भोलाले उनीहरुलाई आवतजावतको लागि म आफ् नो जग्गा दिन्छु , त्यसको वापत मलाई पछाडिको जग्गामा खेतमा जान सडक दिनुपछर्् भने । मैले पनि उनको प्रस्तावमा सहमति गरेर उनीहरुलाई जग्गा दिए । उनीहरुले सो जग्गामा घरपनि बनायो । करिव ८÷१० वर्षदेखि उनीहरु सो घरमा बस्दै आएका छन् । तर अहिले आएर भोलाले सामन्ती र अत्याचारी चरित्र प्रदर्शन गर्दै उनीहरुलाई घर जाने बाटो रोकेका छन् ।’ भोलाले सित्तैमा बाटाको लागि जग्गा दिएका छैनन्, योगनाायण यादवले भने,‘ त्यसको साटोमा मैले उनलाई खेतमा जान बाटो पनि दिएको छु ।तर अहिले आएर अनावश्यक रुपमा कमजोर परिवारलाई दुःख दिने काम गरिरहेका छन् ।’ न्यायको लागि आफुले गाउँमा भद्रभलादमीलाई दुखेसो पोखेपनि कुनै सुनुवाई नभएकोले महरा समुदायको आरोप छ । आफूहरुलाई न्याय गरिदिन मानव अधिकार आयोग, प्रहरी प्रशासनसहितलाई समेत गुहार लगाएका छन् ।

 

Comment

Related News

Latest News

Trending News