अपडेट 
२०७९ भाद्र ४, शनिबार ०७:४१

धनुषा प्रहरीले जथाभावी बालुवा, गिट्टी उत्खनन् गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिई जरिवाना गरेको छ ।

शुक्रबार गणेशमान चारनाथ नगरपालिका ५ कमला खोलामा उत्खनन् गर्ने ६ वटा सवारी साधनलाई जरिवाना गरिएको हो । प्रहरी चौकी चिसापानीबाट खटेको टोलीले मापदण्ड विपरीत अवैध रूपमा बालुवा, गिट्टी उत्खनन् गर्ने सवारी नियन्त्रणमा लिइ पाँच हजारको दरले जरिवाना गरिएको धनुषाका प्रहरी नायव उपरीक्ष (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । प्रहरीले अवैध उत्खनन् गरिरहेको अवस्थामा ज १ त ८५०५, स १ त ७६३७, प्रदेश २–०२–००१ त १५३६, प्रदेश २–०२–००३ त ४४४१, प्रदेश २–०३–००१ त १३५६ र प्रदेश २–०१–००१ त ०४६४ नम्बरको ट्याक्टरहरू नियन्त्रणमा लिएको छ ।

 

Comment

Related News

Latest News

Trending News