अपडेट 
२०७९ भाद्र ४, शनिबार १२:२९

रौतहटमा चोरीको मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरीले शनिबार जिल्लाको गढीमाई नगरपालिका  ९ बस्ने २२ वर्षीय होसनारायण यादवलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

जिल्लाको गरुडा नगरपालिका  ४ पानी ट्याङ्की सडकमा  यादवले चलाउँदै गरेको प्र.३–०२–१३ प. ३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए । आरोपी यादवमाथि चोरी कसुर अन्तर्गत मुद्दामा  जिल्ला अदालत रौतहटबाट म्याद  थमाई आवश्यक अनुसन्धान  भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comment

Related News

Latest News

Trending News