२०७९ भाद्र ५, आईतवार ०८:००

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट मञ्जु कुमारी यादवको एकल नाम सिफारिस भएको छ ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टीको भंगहा नगर कमिटि बैठकले उनको एकल नाम सिफारिस गरेको हो । उक्त क्षेत्रबाट अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद जयनुल राइन निर्वाचित छन् भने मञ्जु समानुपातिक सांसद छन् । नगर अध्यक्ष किशोरी सिंह राजपुतको अध्यक्षतामा बसेको बैठकले पाँच वटा निर्णय गरेको मधेश प्रदेश कमिटि सदस्य रमेश यादवले जानकारी दिए । उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट विजय कुमार महतो, २ को ‘क’ बाट मञ्जु कुमारी यादव, समानुपातिकतर्फ निर्मला पासवान र सावित्री सदाको नाम सिफारिस भएको हो । यस्तै संघीय सांसद चुनावको लागि बैठकले निर्वाचन क्षेत्र नम्बर १ बाट सुरेश राउतको नाम सिफारिस गरेको छ । यस क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल निर्वाचित छन् । बैठकमा पार्टीको जिल्ला अध्यक्ष कौशिलाल यादवसमेतको उपस्थिति थियो । बैठकले भंगहा नगरपालिकाले गर्न नसकेको नगरसभाको लागि भदौ १० गते दबाबमूलक कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

निर्वाचन आयोगले अगामी मंसिर ४ गते को लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिसकेका छन् । दलहरु आन्तरिक तयारी पनि गरिरहेका छन् । सत्तारुढ गठबन्धनले चुनावी तालमेलको निर्णय गरिसकेका छन् । यद्यपि सिट बाँडफाँट हुन सकेको छैन् । प्रतिपक्षी दल पनि चुनावी तालमेल गर्न पहल गरिरहेका छन् ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=VBrdsdcQhSw

Comment


Related News

Latest News

Trending News