२०७९ भाद्र ५, आईतवार ०८:०८

सिरहामा चोरीको ६८ थान काठ बरामद भएको छ ।

स्थानीयले मिर्चैया नगरपालिका ९ घुर्मी पुलको छेउस्थित लक्ष्मी नारायण स–मिलबाट काठ बरामद गरी वनको कर्मचारीलाई बुझाइएको छ । मिर्चैया नगरपालिका ९ कमल दहस्थित सामुदायिक वन घुर्मी डाँडाको नर्सरीको खयर र सिसौ जातका काठ रहेको बताइन्छ । सव– डिभिजन वन कार्यालय चोहर्वा र सव–डिभिजन कार्यालय मिर्चैयाको कर्मचारीलाई स्थानीयले खबर गरेको ४ घण्टापछि उक्त मिलमा पुगेको थियो । पछि कर्मचारीहरुकै सेटिंगमा मिलका सञ्चालक मदन ठाकुरलाई भगाइएको आरोप स्थानीयले लगाएका छन् । अहिले हिरासतमा भने मिलका कामदार श्रवण ठाकुरलाई राखिएको छ । डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स–मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको छ ।

अवैध रुपमा कटान गरी स–मिलसम्म पु¥याउँदा पनि नजिकै रहेको सव–डिभिजन वन कार्यालय चोहर्वा र सव–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिएन । सिरहामा वनको कर्मचारीकै मिलेमतोमा काठ तस्करी हुने गरेको स्थानीयको आरोप छ ।

Comment


Related News

Latest News

Trending News