
सिरहाबाट प्रतिबन्धित लागूऔषधसहित एकजना पक्राउ परेको छ ।
प्रहरीले लहान नगरपालिका १९ कटहाबाट लागू औषधसहित लक्ष्मीपुरपतारी गाँउपालिका वडा ६ बस्ने ३२ वर्षीय निरन्जन यादवलाई पक्राउ गरेको हो । शुक्रबार राति करिब साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीको कमाण्डमा खटेको प्रहरी टोलीले कटहास्थित स.५ प.७७५५ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो । प्रहरीले यादवको साथबाट फेनरागन १ हजार एम्पुल, डाईजिपाम ४ सय ८७ एम्पुल, ब्युप्रिनोर्फिन ४ सय ४८ एम्पुल र मोटरसाईकल बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । उनीमाथि लागू औषध सम्बन्धित मुद्दा चलाइने बताइएको छ ।