२०७९ भाद्र ५, आईतवार ०८:१८
जीतपुरसिमरा चेम्बर अफ कमर्सको नगर कमिटी गठन भएको छ ।
बाराको सिमरामा भएको भेलाले चेम्बर अफ कमर्सको नगर कमिटि गठन गरेको हो । भेलाले नगर कमिटिको अध्यक्षमा मनलाल श्रेष्ठ (राजु) को अध्यक्षतामा २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्षमा शेख नसिम हुसेन, महासचिवमा आलिम हुसेन, सचिवमा दीपेन्द्र साह, सह सचिवमा विकास पाण्डे, कोषाध्यक्षमा निर्मला के.सि र सह कोषाध्यक्षमा सन्तोष दाहाल चयन भएका छन् । व्यवसायिक हितको निम्ति गठन भएको चेम्बर अफ कमर्सले नगर स्तरीय तदर्थ समिति गठन गरेको चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेलले जानकारी दिए । भेलामा जिल्ला अध्यक्ष रुपेश पोखरेल, प्रदेश उपाध्यक्ष सीता के.सी लगायतको उपस्थिति रहेको थियो ।

