अपडेट 
२०७९ भाद्र ५, आईतवार १०:१३

भारतको विभिन्न राज्यमा भारी वर्षाका कारण आएको पहिरो तथा बाढीमा परी ३१ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार हिमाचल प्रदेश, झारखण्ड, ओडिशा तथा उत्तराखण्डसहित विभिन्न राज्यमा बाढी र पहिरोमा परेर ३१ जनाको मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा हिमाचल प्रदेशमा मात्रै एकै परिवारका ८ सदस्यसहित २२ जनाको मृत्यु भएको छ। उत्तरा खण्डमा लगातारको भारी वर्षाका कारण आएको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने अन्य १० जना बेपत्ता रहेका छन्। साथै, कयौँ गाउँबाट हजारौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तराखण्डमा नदीहरुमा पानीको बहाबले खतराको संकेत पार गरेको छ भने केही पुलसमेत बगाएको छ।

झारखण्डमा शनिबार बिहान माटोको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । ओडिशामा भारी वर्षाका कारण बाढी आउँदा ५ सय गाउँका करिब ४ लाख मानिस प्रभावित भएका छन्।

Comment


Related News

Latest News

Trending News