२०७९ भाद्र ५, आईतवार १०:४७
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको शोकमा उनको गृहनगर सिरहाको लहानमा बिदा दिइएको छ ।
मेयर महेशप्रसाद चौधरीको अनुसार नगर क्षेत्रभित्र शोक बिदा दिइएको छ भने क्याम्पस, शैक्षिक प्रतिस्ठान र बजार समेत बन्द गरिएको छ । गिरिको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ ।
गिरीले आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रह गरेका थिए तर, उनको अन्तिम संस्कार आर्यघाटमा गर्ने सूचना पार्टी कार्यालयले वक्तव्यमार्फत दिएको छ ।
गिरिको परिवारसँग जोडिएका व्यक्तिहरूले काठमाडौंमा अन्त्येष्टि गर्न लागिएको भन्दै असन्तुष्टि जनाएका छन् ।




