अपडेट 
२०७९ भाद्र ५, आईतवार १३:१३

रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्।

रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि नेपाल प्रहरीको चारैतिर आलोचना भएको छ।

कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य गरेका थिए। धार्मिक मेलाको अवसरमा भएको अश्लील भोजपुरी गीतको नृत्यमा मदिराले लठ्ठ सई साहले स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेका थिए । उक्त भिडियो अहिले भाइरल भएको छ।

शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अश्लील नृत्य गर्न थालेपछि प्रहरीको आलोचना व्यापक भएको छ। सईको आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले सई साहलाई कारबाहीको लागि तानिसकेको छ।

बर्दीमा नै नेपाल प्रहरीको मर्यादा र आचरण विपरीत सई साहले अश्लील नृत्य गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयले तत्काल कारबाहीको लागि सई साहलाई तानिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीरबहादुर बुढामगरले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News