२०७९ भाद्र ५, आईतवार १३:१५
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
बिहान ११ बजे बस्ने भनिएको बैठक कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको निधनका कारण स्थगित भएको हो।
संसद् सचिवालयका अनुसार अब सोमबार दिउँसो १ बजे बैठक बस्ने छ।



