२०७९ भाद्र ५, आईतवार १४:१२
जनता समाजवादी पार्टी (जसपा), नेपालले मनिस कुमार सुमनलाई पार्टीको प्रवक्ता तोकेको छ ।
जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार उनलाई उक्त जिम्मेवारी दिइएको जसपाले जनाएको छ ।
यसअघि जसपाको प्रवक्ता डम्बर खतिवडा थिए । जसपाबाट बाबुराम भट्टराई अलग भएपछि उनले पनि जसपा छाडेका थिए । भट्टराईले माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने निर्णय गरेपछि खतिवडाले पार्टी नै छाडेको घोषणा गरेका थिए ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्य सुमनले आफूलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको भन्दै नेतृत्वप्रति धन्यवाद ज्ञापन समेत गरेका छन् ।




