२०७९ भाद्र ६, सोमबार ०७:२९

सरकारलाई जनताप्रति जवाफदेही बनाउन संचारकर्मीले वजेट तथा वजेट कार्यान्वयनको विषयमा कलम चलाउनु पर्ने आवश्यकता रहेको औल्याइएको छ ।

आर्थिक पत्रकार समाज (सेजन) काठमाण्डु र युएनडिपिको सहकार्यहमा मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधाममा आयोजना गरेको ‘प्रादेशिक बजेट सम्बन्धि रिर्पोटिङ र कार्यान्वयन सम्बन्धी प्रशिक्षण कार्यक्रममा अर्थ सम्बन्धी विज्ञ पत्रकारहरुले यस्तो धारणा राखेका छन् । प्रशिक्षण कार्यक्रममा बोल्दै सेजनका अध्यक्ष जनार्धन बरालले अर्थ संग सबै क्षेत्र जेडिएकोले सरकारले जनतासँग गरेको वाचालाई पुरा गराउन सरकारको नीति तथा कार्यक्रम र वजेट कार्यान्वयन सम्वन्धी क्षेत्रमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको बताए । सरकारले ल्याउने गरेको नीति तथा कार्यक्रम र वजेट एक अर्कासंग परिपुरक रहेपनि पछिल्लो समय सरकार त्यसमा चुक्ने गरेको बताउदै अध्यक्ष बरालले त्यसलाई जिम्मेवार बनाउन आर्थिक क्षेत्रमा कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा लामो समयदेखि आर्थिक विटमा कलम चलाउदै आएका वरिष्ठ पत्रकार बालकृष्ण ज्ञवालीले सरकारले निर्धारण गर्ने करको विषयमा सञ्चारकर्मीलाई वृहत्त रुपमा जानकारी गराएका थिए । कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका पत्रकार हरुलाई सहभागी गराई आर्थिक समाचारका छनौट तथा त्यसको रिर्पोटिङ्गको विषयमा जानकारी गराईएको थियो । सरकारले बजेटमा प्रस्तुत गरेका आयोजनाहरुको लागत, बजेट कार्यान्वयन तथा जनताको आवश्यकता सँग जोडिएको विषय वस्तुको वारेमा कार्यक्रममा वृहत्त छलफल भएको थियो । कार्यक्रममा प्रदेशका सभाका सार्वजनिक लेखा समितिका अध्यक्ष रामनेरश यादव, प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका प्रमुख सचेतक प्रदेश सभा सदस्य परमेश्वर साहसहितका सासदसँग समेत सम्वाद गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News