अपडेट 
२०७९ भाद्र ६, सोमबार ०७:३८

नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनमा जिल्ला कार्य समिति धनुषाले शोक व्यक्त गरेका छन् ।

आइतबार काँग्रेस धनुषाका उपसभापति गणेश झाले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसदसमेत रहेका नेता गिरीको निधनले पार्टी र देशलाई अपूरणीय क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै, नेपाली काँग्रेस सप्तरीले गिरीको निधनमा शोक मनाउन आइतवार पार्टी कार्यालयमा झण्डा झुकाएको थियो । पार्टी कार्यालयमा स्व.नेता गिरीको तस्विरसहित शोक पुस्तिका राखिएको छ । जिल्ला सचिव सनद मण्डलले जिल्ला सभापती रामदेव साहको अध्यक्षतामा आइतवार नै वसेको आकस्मिक बैठकले स्व.नेता गिरी प्रति शोक र श्रद्धाञ्जली अपर्ण गर्न तीन दिन सम्म पार्टी कार्यालयमा आधी झण्डा झुकाउने र उनको तस्विर तथा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

यस अवधिमा श्रद्धाञ्जली बाहेकका अन्य कुनै कार्यक्रम हाल संचालन नहुने बताइएको छ । गिरीलाई श्रद्धाञ्जली दिन उपसभापति रामकुमार यादव, क्षेत्रीय सभापति महानन्द यादव, तरुण दलका अनिल कुमार देव, युवा नेता प्रदीप सिंह लगायत ठूलो संख्यामा काँग्रेसी नेता कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए ।

Comment

Related News