अपडेट 
२०७९ भाद्र ६, सोमबार ०७:५३

वन तथा वातावरणमन्त्री प्रदीप यादवले आफु वन तथा वातावरण मन्त्रालयमा मन्त्रीका हैसियतले रहदासम्म विकासको क्षेत्रमा नमुना काम गरेर देखाउने बताउनु भएको छ ।

आइतबार नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको वातावरण संरक्षण दिगो विकासका वर्तमान चुनौतीहरु विषयक कार्यक्रममा बोल्नु हुँदै मन्त्री यादवले आफु विकासको बाधक नभएको बताउनुभयो ।

“म र मेरो मन्त्रालय विकासको बाधक होईन, म जती दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमुना काम गर्ने छु,” उहाँले भन्योभयो । यसैगरी मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खाने भन्दा पनि गाली खाने मन्त्रालय भएकाले हामीले काम गर्दा पनि गाली मिल्छ नगर्दा पनि गाली मिल्छ । “रुख काट्ने अनुमति दिउ मन्त्रीले वन विनास गर्‍यो, वन मारा मन्त्री आयो भनेर गाली गर्छन, रुख काट्ने अनुमति नदिउ विकास रोक्यो, विकास बिरोधी मन्त्री आयो भन्छन,” मन्त्री यादवले थप्नुभयो, “हामी गाली सहेर भएपनि विकासको क्षेत्रमा नमुनाको काम गर्ने छौँ ।”

मन्त्री यादवले आम नागरिक, नागरिक समाज, विज्ञ एवम् पत्रकारहरुका राय, सुझाबका आधारमा आफुले काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । वन तथा वातावरणका क्षेत्रमा निश्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउनमा उल्लेख्य योगदान गरेको भन्दै मन्त्री यादवले नेपाल वातावरण पत्रकार समूह तथा पदाधिकारीहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । यसैगरी उहाँले हिजोका दिनमा कुन मन्त्रीले के गरे म त्यसको वास्ता गर्दिन तर म के गर्दै छु, मैले गरेको कामको असर के हुन्छ भन्ने विषयमा जानकारी लिएरमात्रै काम गर्ने र गर्दै आएको जिकिर गर्नुभयो ।

वन तथा वातावरणको क्षेत्रमा काम गर्ने सातवटै प्रदेशका पत्रकार साथीहरुसँग बैठक राखी आगामी दिनमा वन तथा वातावरणको क्षेत्रमा कसरी काम गर्ने र के गर्दा हाम्रो देशको वन तथा वातावरण जोखिन्छ भन्ने विषयमा योजना बनाइ काम गर्ने तयारीमा आफु रहेको समेत मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । त्यस्तै उहाँले मन्त्रालय भित्र मन्त्रीले गरेका कामहरुका फाईल अगाडि नबढाउने, असहयोग गर्ने खालका कामहरु भइरहेका र त्यो विषयमा आफुले हेर्दै आएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “गलत काम प्रति म सचेत छु, मेरो हातबाट गलत काम हुँदैन, सही काम गरेको छु भने मलाई सबैको सहयोग आवश्यक छ, असहयोग गर्ने जो सुक्कै होस त्यसलाई म त्यो ठाउँमा राख्दिन ।”

उहाँले वन तथा वातावरण मन्त्रालय युरोसिक्समा जानकालागि अगाडि बढी सकेको जानकारी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि २०४५ सम्म नेपाललाई कार्वन क्रेडिटमा सून्यमा झर्ने प्रतिबद्धता जनाई सक्नु भएकाले कारर्वन क्रेडिट सून्यमा झार्न हरेक क्षेत्रमा गएर मन्त्रालयले काम गर्ने उहाँले जानकारी दिनुभयो । अहिलेको समयमा जलवायु परिर्वतनका क्षेत्रमा यही अवस्था रह्यो भने वन तथा वातावरण मन्त्रालयले चाडै सङ्कट कालको घोषणा गर्ने तयारीमा रहेको र क्याविनेटमा प्रस्ताव लैजाने तर मञ्जुरी दिने नदिने क्याबिनेटको हातमा रहेको समेत मन्त्री यादवले जानकारी गराउनुभयो ।

वन तथा वातावरणका क्षेत्रमा थुप्रैकाम गर्न आवश्यक रहेको भएपनि आर्थिक अभावका कारण ती कामहरु गर्न नसकिएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “वातावरणका क्षेत्रमा थुप्रैकामहरु गर्नु पर्ने छ, हामीसँग बजेट अभाव छ, तैपनि मेरो दिमागले भ्याए सम्म काम गर्दै आएको छु र गर्ने छु ।

Comment

Related News

Latest News

Trending News