२०७९ भाद्र ६, सोमबार १०:०८

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको कल्याणपुर नगरपालिकाले आज शोक बिदा दिएको छ ।

नगरपालिकाकाले जारी गरेको सूचनामा नेता गिरीको निधनमा नगरपालिकाले शोक बिदा दिएको उल्लेख छ ।

लहान नगरपालिका–१४ निवासी गिरीको निधनमा लहानले आइतबार सार्वजनिक बिदा दिएको थियो । भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरीको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको थियो । उनको शनिबार राति उपचारकै क्रममा निधन भएको थियो ।

Comment


Related News

Latest News

Trending News