सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २०० र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघले हिजो चाँदीको कारोबार प्रतितोला १ हजार १७० रुपैयाँमा भएको जनाएको थियो । जुन, आज ५ रुपैयाँ घटेर प्रतितोला १ हजार १६५ रुपैयाँ कायम भएको हो ।