२०७९ भाद्र ६, सोमबार १३:२३

सिट बाँडफाँटबारे छलफलका लागि सत्तारुढ गठबन्धन दलकाे बैठक बस्दै छ ।

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले दिनुभएकाे जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ३ बजे गठबन्धन बैठक बस्न लागेकाे हाे।



आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँँट गर्न गठित कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले आफ्नो कार्यभार पूरा गर्न नसकेपछि नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएपछि त्यसबारे छलफल गर्न बैठक बस्न लागेकाे जनाइएकाे छ । जस कारण सोमबार गठबन्धनका शीर्षनेताहरुको बैठक बस्न लागेको हो ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनावमा होमिने तयारी छ । तर, कुन दललाई कति सिट दिने भन्ने विषयमा भने दलहरुबीच सहमति जुट्न सकेको छैन ।

Comment


Related News

Latest News

Trending News