अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०६:५५

जनकपुरधाम उप– महानगरपालिका–७ वाट ७१ लाख बरावरको कपाली तमसुक बरामद गरिएको छ ।

महोत्तरी प्रहरीले सो कपाली तमसुक बरामद गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहको ससुराली जनकपुरधाम ७ जानकी नगरको घरबाट एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए । शनिबार पक्राउ परेका उनको ससुराली घरबाट एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाँको नौ थान कपाली तमसुक बरामद भएको हो । महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको छ । उनले ५० हजारका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए । यसैगरी निज साह उपर २०७७ माघ २ ९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले बयालिस लाख बयाननब्बे हजार एक सय ९० बराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ । मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै साहविरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

यता, देशभरबाट १ हजार ९ सय ३७ मिटरब्याज पीडितहरूको उजुरी परेको छ । सोमबार विविध विषयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त जानकारी गराउँदै मिटरब्याजको समस्या सोचेभन्दा व्यापक भएको बताएका हुन् । गृहमन्त्रीले दिएको जानकारी अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट अहिलेसम्म १ हजार ३ सय ३० उजुरी परेको छ । कुल उजुरीको करिब ६८ प्रतिशत मधेश प्रदेशबाटै आएको छ । त्यस्तै लुम्बिनी प्रदेशबाट २ सय ११ उजुरी परेको छ । त्यसैगरी वाग्मतीबाट २ सय २, प्रदेश १ बाट ९२, सुदूरपश्चिमबाट ४५, गण्डकीबाट ३५ र कर्णालीबाट २२ वटा उजुरी परेको गृहमन्त्री खाँणले जानकारी दिए । सरकारले केही दिनअघि मिटरब्याजबाट उत्पन्न अपराध नियन्त्रण तथा सुदखोरको पहिचान एवं छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भीष्म भुसालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कार्यदलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहट्ठा सदस्य र सीआईबीका डीएसपी रोशन खड्का सदस्यसचिवका रूपमा रहेका छन् । पश्चिम नवलपरासीका मिटरब्याजीबाट पीडितहरू करिब ३ हप्तादेखि काठमाण्डुको माइतीघरमा धर्ना दिइरहेका छन् । उनीहरू उधारो सहमति गरेर घर नफर्किने बताइरहेका छन् । कार्यदलका संयोजक भुसालले केही जिल्लाबाट तथ्यांक आउनै बाँकी रहेको बताएका छन् ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=KDqAg-j0vPw

Comment


Related News

Latest News

Trending News