अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०८:३८

कञ्चनरूप नगरपालिकामा कार्यरत ज्यालादारी कर्मचारीलाई हटाउने नगरपालिकाका प्रमुखको निर्णय फिर्ता लिन नेकपा (एमाले) कञ्चनरूपनगर कमिटिले माग गरेको छ ।

ज्यालादारी १४ जना कर्मचारीलाई एकमुष्ट हटाउने निर्णय गरेपछि एमालेले कञ्चनरूप नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरी ज्यालादारी श्रमिकहरूको रोजीर ोटी नखोस्न र श्रमिक कामदारको म्याद थप गर्न माग गरेको हो । अनुभवी कर्मचारी परिचालन गरेर मात्र स्थानीय सरकारको सेवा प्रभावकारी हुनेमा जोड दिदै एमालेकञ्चनरूपले पुरानालाई हटाएर नयाँ राख्नुको औचित्य नरहेको जनाएको छ । एमाले नगर सचिव केवलखत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षित श्रम वातावरण र रोजगारीको सुनिश्चितता गर्नुपर्ने नगर प्रमुखले कार्यपालिकाको राय विपरीत मनोमानी ढंगले एकल निर्णय गरेको जनाइएको छ । नगर कार्यपालिकाको वैठकमा बहुमत सदस्यले श्रमिकहरूको रोजीरोटी खोस्न नहुने, आश्रित परिवारका बालबालिकाको गाँस छिन्न् नहुने भनेपछि प्रस्ताव असफल भएको वडा अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिए । नगरकार्यपालिकाको वैठक छलेर प्रमुख स्तरीय वैठकले भन्दै नियम विपरीत अनुभवी कर्मचारीलाई कामबाट हटाइएको एमालेको आरोप छ । एमाले जिल्ला सदस्य पेशल जोशीले श्रम ऐन २०७४ विपरीत मनोमानी ढंगले अघिल्लो दिन मात्र ज्यालादारी कर्मचारीहरूलाई काममा नआउन भनेर पत्र काटिएको बताए । “लोकसेवा आयोगबाट नियुक्ति सिफारिस भै आए पश्चात स्वतःज्यालादारी र करार कर्मचारीको अवधि समाप्त हुने नै भएकोले हाल कार्यरत अनुभवी जनशक्तिलाई उनीहरूको कार्यक्षमताको मूल्याङ्कन नगरी एकमुष्ट रूपमा हटाउने कार्य पूर्वाग्राही हो।” एमालेकी प्रदेश कमिटी सदस्य असरादेबी चौधरीले भनिन् “कार्यालय सञ्चालनका लागि कर्मचारीको आवश्यक्ता छ, पुनःसोही पदमा ज्यालादारीमै नियुक्ति गर्नका लागि भइरहेको कर्मचारी हटाउनु न्यायिक तथा रोजगारीको हकको दृष्टिकोणबाट समेत उपयुक्त हँुदैन ।”

यो अभ्यासले स्वयम् नगरपालिकाको कार्यसम्पादनमा समेत सकारात्मक प्रभावकारिता नआउने वडा –७ का तनुकलाल शर्माले बताए । विज्ञापन खोलेर नयाँ नियुक्ति नहुञ्जेल पुरानालाई हटाउनाले कार्यालयको काममा समेत अवरोध भएको एमालेको आरोप छ । स्वीकृत दरबन्दी भित्र विद्यमान कानून बमोजिम प्रकृया सम्मत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन नगरी एकमुष्ठ हटाउनु नियम कानून र लोकतन्त्र विरोधी कार्य भएको वडा ३ का गुल्टेन चौधरीले बताए । कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेको तर्फ पनि नगरपालिकाले ध्यान दिनुपर्ने भन्दै सरस्वती आचार्यले अनुभवी कर्मचारीलाई म्याद थप गरी सेवा लिनु स्थानीय सरकारको लागि समेत अवसर हुने बताए । ंआइतबार काठमाण्डुबाट आएका नगर प्रमुख ललनप्रसाद गुप्ताले अनावश्यक रूपमा नियुक्त गरिएका ज्यालादारी कर्मचारीलाई हटाइएको बताए । उनले अब करारका कर्मचारीको पालो भन्दै करारका कर्मचारीको लिष्ट मागेको जानकारी दिए । सार्वजनिक सूचना र जानकारी बिना कार्य सम्पादन मूल्याङ्कन नगरी ठाडो आदेशमा ४ जनाचालक, ७जनाकार्यालय सहयोगी,२ जना सब–इन्जिनियर र एक जना सह चालकलाई हटाइएको छ ।

चालक, सहचालक, कार्यालय सहयोगीका रूपमा कार्यरत कर्मचारीहरू अघिल्लो साँझमात्र अकस्मात काममा नआउनु भनेर पत्र थमाउँदा आश्र्चयमा परेको बताउँछन् । पाँच वर्ष देखि कामगर्दै आएका चालक बुद्धि बहादुर भुजेल, सुरज चौधरी, राजकुमार मण्डलले एक दिनको समय समेत नदिई अकस्मात कामबाट छोडाउँदा घरको न घाटको अवस्थामा पुर् याएको बताउँछन् । कोभिड १९ को कष्ट साध्य बेलामा ज्यान जोखिममा राखेर गरेको गुणको बदला नयाँ जनप्रतिनिधिले गाँस पो खोसे कमल लामाले दुखेसो पोखे ।

Comment

Related News

Latest News

Trending News