अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०८:४३

घरपट्टीलाई सुतिरहेकै कोठामा थुन्दै राजविराजमा आइतवार मध्यराती चोरले लाखौंको धनमाल चोरेर फरार भएका छन् ।

राजविराज नगरपालिका–२ राजदेवी चौक निवासी ७० वर्षीय श्याम देवलाई उनी सुतिरहेकै कोठामा थुनेर बाँकी २ कोठामा लाखौंको धनमाल चोरले चोरी गरेका छन् । प्रहरीका अनुसार घरबाट करिब १०÷११ तोला सुनको गरगहना, १ किलो चाँदीका गरगहना, नगद २५ हजार साईकल १ थान र अन्य केही सरसमान चोरी भएको छ । घट्नास्थलबाट १० मिटर मात्रको दूरीमा प्रहरीको विट रहेको छ । यस्तो अवस्थामा पनि चोरी हुनु अनौठो र आश्र्चयको मानिएको छ । श्यामदेव आइतवार राती करिब ११ बजे तिर खाना खाएर कोठामा एक्लै सुतेका थिए । चोरले देव सुतेको कोठमा बाहिरबाट चुकुल लगाई अन्य दुई कोठामा रहेको तीन वटा दराज र एउटा सन्दुक फुटाएर सो परिमाणको सम्पत्ति चोरी गरी लगेको बताइएको छ । घरमा एक जना मात्र भएको र उनलाई पनि थुनिदिए पछि चोरलाई सहज भएको छिमेकीहरुले बताएका छन् । घरपट्टी देवले पहिलो पहरको मस्त निन्द्रामा सुतेको बेला चोरी भएको कुरा सोमवार विहान ५ बजे उठदा मात्र थाहा पाएको बताए ।

“विहान उठदा ढोका नखुलेपछि मोवाइलबाट भाइ प्रदीपलाई खबर गरी बोलाए, श्यामदेवले भने–भाइ आएर बाहिरबाट चोरले लगाएको चुकुल खोलेर निस्किदा मात्र चोरी भएको थाहा पाए ।” प्रहरी बिट नजिकैको घरमा चोरी भएपछि छरछिमेकका वासिन्दा समेत त्रसित छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले चोरी घट् नाको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले शंकास्पद २÷३ जनालाई नियन्त्रणमा लिई सोधपूछ भईरहेको र छिट्टै चोर पत्ता लाग्ने दाबी गरेका छन् ।

 

Comment

Related News

Latest News

Trending News