अपडेट 
२०७९ भाद्र ७, मंगलवार ०८:४६

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय सीमावर्ती क्षेत्रबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको कमान्डमा पैदल गस्तीमा गइरहेको टोलीले आइतबार राती ९ बजेतिर भारतीय सीमा नजिक पर्ने सप्तरीको राजगढ गाउँपालिका –२ बनैनिया क्षेत्रबाट कटुवा पेस्तोल बरामद गरेको छ । गस्ती टोलीलाई देख्ना साथ भारतबाट पैदलै नेपालतर्फ आउँदै गरेका दुई जनाले कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एम एमको एक राउण्ड गोली खेतमा फालेर भारततर्फै भागेको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकाले बताएका छन् । उक्त हतियार सोमबार जिल्ला प्रहरी कार्यालयमा बुझाई फरार व्यक्ति बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।

 

Comment

Related News

Latest News

Trending News