२०७९ भाद्र ७, मंगलवार ११:११

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँटका बारेमा सहमति जुटाउनका लागि सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ ।

सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पनि बैठक बस्न लागेको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमवार सहमति जुटाउनका लागि गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाएका थिए ।

Comment


Related News

Latest News

Trending News