२०७९ भाद्र ७, मंगलवार ११:१३

मधेस प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हटाउन पार्टीले कुनै निर्देशन नदिएको बताएका छन् ।

पार्टीको बैठकमा राउतलाई मुख्यमन्त्री पद छाड्न दबाब दिइएको चर्चा चलेका बेला अध्यक्ष यादवले मुख्यमन्त्री हटाउने विषयमा कुनै निर्देशन नदिइएको बताएका हुन् । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिद प्रकरणमा अनयमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि राउतमाथि पद त्याग गर्न दबाब बढेको थियो ।

मंगलबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन। मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन।’

Comment


Related News

Latest News

Trending News