अपडेट 
२०७९ भाद्र ८, बुधबार ०७:२४

अहिले किन यस पटक धेरै गर्मी भएको होला ?

यस प्रश्नको वास्तविक उत्तर त वैज्ञानिकहरुले देलान् तर सर्वसाधारणको भनाइ कस्तो रहेको छ भने अहिले केही महिना देखि युरोपमा रुस र युक्रेन बिच जुन युद्ध भइरहेको छ, त्यसको असरले विश्वमा गर्मी बढेको हो । यो अनुमान वा संयोग मात्र पनि हुन सक्छ । एउटा रिपोर्टमा के भनिएको छ भने युरोपकादुई ठूला नदीहरुमा जल स्तर निकै कम भइसकेको छ । जलस्तर कम हुँदा नदीमा चल्ने जहाजले क्षमता भन्दा निकै कम सामग्रीको ढुवानी गरिरहेका छन् । यसको असर उद्योगमा पनि परेको छ । उद्योगमा कच्चा सामग्रीको अभाव, कोइलामा आधारित उद्योगमा कोइला कै अभाव, उत्पादित सामानको ढुवानीमा समस्या हुँदा महँगी वृद्धि भएको छ । यी तत्काल देखिएका समस्या हुन् भने नदीमा जल स्तर कमहुने वास्तविक कारण वर्षा नहुनु हो । भनाइको तात्पर्य युरोपमा पनि वर्षा कम भएको छ । वर्षा कम हुँदा खेतीपातीमा गम्भीर असर परेको छ । यसले गर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।

युरोप तिर पनि यस पटक धानवा अन्य अन्न बाली उत्पादनमा केही कमी आउने देखिएको छ ।

अहिले चीनमा इतिहासको सबै भन्दा बढी सुख्खा वा गर्मी रेकर्ड गरिएको छ । चीनमा पनि वर्षा निकै कम भएको र गर्मी निकै बढेको कारण धेरै क्षेत्रमा प्रभाव देखिएको छ । केही समाचारहरुमा यो पनि भनिएको छ किचीनले यस समस्यालाई कम गर्ने उपायको खोजीमा कृत्रिम वर्षा गराउने तयारी गरिरहेको छ । भनाइको तात्पर्य यो पनि हो कि चीनमा पनि वर्षा कम भएको र गर्मी बढेको छ र सम्भवतः कृषि उपजमा पनि प्रभाव पर्ने सम्भावना रहेको छ । छिमेक भारतमा त दोहोरो अवस्था देखिएको छ । कतै अत्यधिक वर्षा छ र कतै वर्षा नै निकै कम छ । एउटा भारतीय टेलिभिजनले देखाएको रिपोर्ट अनुसार यस वर्ष भारतमा कम्तीमा तेर प्रतिशतले धान खेतीकम भएको छ । अझ अर्को कुरा के भनिएको छ भने धान खेती बढी हुने भारतका प्रान्तहरुमा वर्षा कम भएको छ । भारतका कतिपय प्रान्तमा अत्यधिक वर्षा र बाढी पनि आएर खेतीमा नोक्सान पु¥याएको छ । यसरी एकातिर धानखेती नै कम हुनु तथा भएको धान खेतीमा कतै सुख्खा र कतै बाढीले असर पार्नुले भारतमा पनि धानको उत्पादनमा कतै कमी आउने त होइन ? भन्ने प्रश्न उब्जाएको छ । नेपालको अन्न भन्डार भनेर निसन्देह तराईलाई भनिन्छ । सम्भवतः सम्पूर्ण तराईमा नै वर्षा कम भएको छ । नभए मधेसमा पनि यस वर्ष आवश्यक मात्रामा वर्षा नभएको अवश्य नै हो । मधेस प्रदेशमा अत्यन्त धेरै कम वर्षा भएको छ । वर्षा यति धेरै कम भएको छ कि किसानलाई छटपटी भएको छ । मधेशका किसानहरुलाई पर्याप्त पानी नहुँदा खेतीमा असर पर्ने डर लाग्न थालिसकेको छ । डर कुन अर्थमा भने अहिलेसम्म खेती धेरै बिग्रिइसकेको छैन तर पर्याप्त वर्षा नहुँदा कृत्रिम सिंचाइले गर्दा किसानको खेती महँगो हुनगएको छ । अझै पनि धेरै समय बाँकी छ । अहिलेसम्म जसरी वर्षा भएको छ यदि त्यसरी नै वर्षा हुने हो भने खेतीलाई धेरै नोक्सान हुन्छ ।

तुलनात्मक रुपमा गत वर्षको अवस्था हेर्दा अहिले सम्म पानी निकै कम भएको छ । यस वर्ष कोरोनाको असर नरहेकोले अन्य जन जीवन निकै सामान्य रहेको छ । युक्रेन रुस युद्धको कारणले महँगीमा बृद्धि भएको अवश्य हो तर अन्य दृष्टिकोणले भने जन जीवन सामान्य रहेको छ । सामान्य जनजीवन भएको वर्तमानमा भने कोरोनाको असर नभएको वर्तमानले वर्षा नहुँदा नमिठो भएको छ । गतदुई वर्षको अवस्था हेर्दा कोरोनाका वर्षहरुमा वर्षा भने निकै राम्रो भएको थियो । गतवर्ष पनि मल खादको खासै धेरै सहजता त थिएन तर मौसम खेतीपातीको लागि निकै अनुकूल हुँदा अपेक्षा कृत उत्पादन राम्रो भएको थियो । यस वर्ष मौसम सम्बन्धी समाचारहरुले पनि वर्षा औसत भन्दा बढी हुने बताएको थियो तर अहिले सम्म भने किसानहरुको अनुमानमा औसत भन्दा निकै कम वर्षा भएको छ । खेतीपाती किसानले गरेका छन् । कम वर्षा हुँदा पनि खेतीपाती करिब सम्पन्न भएको छ । खेतीपातीले आवश्यक मात्रामा पानी नपाउँदा कतिपय किसानले के भनिरहेका छन् अहिले सम्म जत्ति मात्रामा खेतमाधानको विकास भइसक्नु पर्ने हो, त्यो हुन सकेको छैन । कपितय ठाउँमा नहरले खेतमा पानी पुगेको छ । त्यहाँको किसानको भनाइ पनि यस्तै रहेको छ कि खेतमा पानी छ, धानले पर्याप्त पानी पाएको छ तर माथि आकाशबाट प्राकृतिक पानी धानले पाइरहेको छैन । प्राकृतिक रुपमा वर्षा हुँदा धानको कण्ठ भिजिरहने हुन्छ । त्यस किसिमको मौसम र हावा पानी हुन्छ कि धानको बोटले खुसी महसुस गर्दछ । अहिले निरन्तर घाम लागि रहेको छ । गर्मी भइरहेको छ । साउन महिना करिब सुख्खा नै बित्यो । असारमा पनि पर्याप्त पानी परेको थिएन । भदौको पहिलो हप्तामा पनि खासै पानी परेको देखिएको छैन । यसरी असार देखि नै यस वर्ष वर्षाले केही मात्रामा कटौती गरिरहेको किसानहरुको अनुभव छ । वर्षा नहुँदा गर्मी बढी भएको छ । गर्मीले धेरै ठाउँमा सुख्खा पारेको छ । सुख्खाले बाली उत्पादनमा कमी ल्याउने आशंका रहेको छ । बाली उत्पादनमा कमी आउनुमा गर्मी नै जिम्मेवार हुने धेरै किसानको अनुमान रहेको छ । माथिका केही उदाहरणहरुले स्पष्ट भएको छ किगर्मीको समस्या मधेसको मात्र होइन । यस वर्ष धेरै ठाउँमा औसत भन्दा कम पानी परेको छ । वर्ष भरिमा जहिले सबै भन्दा बढी पानी पर्नु पर्ने मौसम हो, त्यही मौसममा तुलनात्मक रुपमा कम पानी पर्नु र तुलनात्मक रुपमा बढी गर्मी हुनुले धान खेतीमा नकारात्मक असर पर्ने हुन्छ ।

लगातार गर्मी बढिरहँदा धानमा रोग लाग्ने डर पनि किसानलाई रहेको छ । एकातिर पानी कम पर्नु र अर्को तिर धानमा रोग लाग्ने डर हुनुले किसानलाई केही हद सम्म पीडा दिएको छ । धेरै समस्या त मलखादको भएको छ । वास्तवमा मलखादको अभावका किसान छटपटिएका छन् । अहिले सम्मको अवस्थालाई विचार गर्ने हो भने किसानले पर्याप्त मात्रामा मलखाद पाएको अवस्था छैन । एक जना किसान भन्दछन् कि अहिले सम्म पर्याप्त मल पाइँदो हो त खेतमा कम्तीमा दुई पटक र अलिक बढी मलहाल्ने किसानले तिन पटक सम्म मलहालिसकेका हुन्थे । अहिले नै खेतमा धानलाई बलियो बनाउने र एउटा रोपेको धानलाई एक मुठी बनाउने समय हो । यदि अहिले मलपाएन भने किसानले आफ्नो बालीलाई अन्य कुनै उपायले बलियो र बढी उब्जाउ बनाउन सक्ने अवस्था रहेको छैन । एका तिर वर्षा नभएर गर्मी हुनु र अर्को तिर खेतमा आवश्यक मात्रामा मलखाद दिन नसक्नुले किसानलाई उत्पादनमा ह्रास आउने डर लागेको छ । एकातिर प्रकृतिलै धानको अनुकूल मौसम दिइरहेको अवस्था छैन भने अर्को तिर यस्ता वातावरण नै बनेको छ कि किसानले चाहेर पनि मलखाद आफ् नो धान बालीलाई उपलब्ध गराउन सक्ने वातावरण छैन । अहिलेको धानखेतीको समयमा रहेको समस्यालाई कसैले तत्काल समाधान गरेर हुने नै देखिँदैन । मलखाद हाम्रो देशमा बन्दैन र हामीले चाहेर वर्षा हुन सक्दैन । यति हुँदाहुँदै पनि खेती त गर्नुछ । अन्नको उत्पादनमा यदि कुनै कारणले कमी आउँछ भने यसको असरले फेरि पनि महँगी वृद्धि हुन्छ ।

महँगी वृद्धि हुँदा सामान्य मानिसलाई पनि निकै असर पर्छ । त्यसै पनि गतवर्षको तुलनामा अहिले खाद्यान्नको भाउमा निकै वृद्धि भएको छ । यदि कुनै कारणले धानको उत्पादनमा कमी आयो भने अर्को वर्ष अझ बढी महँगी वृद्धि हुने सम्भावना रहन्छ । यसले गर्दा तिन तहको सरकारले सम्भव भए सम्म कम्तीमा मलको समस्या समाधान गरिदिएर किसानलाई केही राहत दिनु अहिलेको समयको मागहो । यदि मलखाद राम्ररी र सरलताले उपलब्ध हुन सक्यो भने धानको उत्पादनमा वृद्धि हुने मात्र नभई अन्य बालीमा पनि सकारात्मक असर पर्छ जसको फाइदा देशलाई हुन्छ ।

Comment


Related News

Latest News

Trending News