अपडेट 
२०७९ भाद्र ८, बुधबार ०७:२८

मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले खुल्ला सीमाका कारण शान्ति र सुरक्षामा ठूलो चुनौती देखीएको बताएका छन् ।

मधेश सरकारको करिब छौ करोडको लगानीमा महोत्तरीको ईलाका प्रहरी कार्यालय लोहारपटि र प्रहरी चौकि ईटहरबा कटीको नवनिर्मित भबनको समुदघाटन गर्न पुगेका मन्त्री शाहले सो कुरा बताएका हुन् । मन्त्री साहले चुनौतीलाई सामना गर्न सुरक्षा निकायलाई चाहिने आवश्यक भवन,सवारी साधन उपलब्ध ,लगायतका कार्य मधेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए । मधेश प्रदेशका डिआईजी मकसुद आलम खानले अपराधको दृष्टिकोणले हेर्नेहो भने जागरुकताको कमीका कारण सबभन्दा बढी घटना मधेश प्रदेशमा घटने गरेकोले यसलाई न्यूनीकरण गर्न सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले आवश्यक बजेटको कमीका कारण केन्द्रीय सरकारले गर्न नसकेको कार्य मधेश सरकारले चासोका साथ गरेकोमा धन्यवाद व्यतm गरे ।

Comment

Related News

Latest News

Trending News