२०७९ भाद्र ८, बुधबार ०७:४७

सार्बजनिक जग्गाको बिषयलाई लिएर जीतपुरसिमरा उपमहानगरापलिका वडा नम्बर –३ का वडा अध्यक्ष र सालिमार सिमेन्टका सञ्चालकबीच विवाद चुलिएको छ ।

वडा नं.३ का वडा अध्यक्ष तारा कार्की विरुद्ध शालिमार सिमेन्टका सञ्चालक असोक वैधले ईलाका प्रहरी कार्यालय सिमरामा उजुरी दिएका छन् । वैधले उजुरीमा आवश्यक शान्ति सुरक्षा गरी गैर कानूनी क्रियाकलाप गर्ने उपर कार्वाहीको माग गरेका छन् । वडा अध्यक्षकै नेतृत्वमा गुण्डागर्दी शैलीमा संरचना निर्माणाधीन स्थलबाट फलामको ढोका नियन्त्रणमा लिएर ट् याक्टरमा लोडिङ्ग गरी लगेको वैधले बताएका छन् । वडा अध्यक्ष कार्कीले ढोका लोड गरिरहेको भिडियो देखाउँदै यो गुण्डागर्दी नभई के हो भनी प्रतिप्रश्न गरे । जितपुरसिमारा उपमहानगरपालिका वडा नं.३ र ५ को सीमानामा रहेको हाइवे पूर्व दिशातर्फ अशोक वैधले गोदामका विभिन्न संरचनाहरु निर्माण गरिरहेका छन् । करिब ३ कठ्ठा सार्वजनिक जग्गा अशोक वैधले ढोका लगाई हड्पिरहेका भन्दै वडा अध्यक्ष कार्कीले ढोका नियन्त्रणमा लिएको स्वीकार गरे । वडा कार्यालयबाट बारम्बार उक्त कार्य रोक्न पत्र लेख्दा पनि वैधले अटेरी गरी अगाडि बढेको जानकारी दिए । अमिन बोलाएर नापजाँच गरी मात्र कार्य अगाडि बढाउन अनुरोध गर्दा पनि नमानेको कारण बाध्य भएर ढोका नियन्त्रणमा लिएको सुनाए ।

वीरगञ्ज निवासी अशोक वैधले उक्त खाली जग्गामा जेसिबी प्रयोग गरी खाल्डो खनेर पर्खाल लगाउने गेट लगाउने कार्य गरिरहेको वडा अध्यक्ष कार्कीले आरोप लगाए । स्थानीय जनताले सो जग्गा संरक्षण गर्न वडा कार्यालयलमा लिखित तथा मौखिक रुपमा अवगत गराएको बताए । अमिन झिकाइ नापजाच गरी मात्र कार्य गर्न अवगत गराउँदा अटेरी गरेका कारण फलामको ढोका नियन्त्रणमा लिएर टयाक्टरमा लोडिङ्ग गरेको जिकिर गरे । यता अशोक कुमार वैधले आफूले सार्वजनिक जग्गा कब्जा नगरेको बताए । उनले वडा अध्यक्ष कार्की जस्तै व्यक्तिका कारण लगानीकर्ताहरु हतोत्साहित भईरहेको बताए । आफ्नै जग्गामा निर्माण कार्य गरिएको हुँदा स्थानीयवासीले विना आधार प्रमाण निर्माण कार्य रोक्नु गलत भएको बताए । वडा कार्यालयको अधिकार क्षेत्र भित्र नपर्ने रेल्वेको जग्गा च्यापेको बारे कुरा झिकेर आपत्ति जनाउनु हास्यापद बिषय भएको वैधले बताए । ईलाका प्रहरी कार्यालय सिमराले वडा अध्यक्ष कार्कीलाई उठाएर लगिएको ढोका फिर्ता गर्न र मङ्गलबार जीतपुरसिमरा उपमहानगरपालिकाबाट नापी झिकाई नापी गराउन दुबै पक्षलाई सहमति गराएको छ ।

Comment


Related News

Latest News

Trending News