
निहारिका सिंह (सोनाली)को केशमा उच्च अदालत जनकपुरले डीएनए टेस्टको लागि आदेश दिएको छ।
उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो। उच्च अदालत जनकपुरका न्यायधिस द्वय भोजराज अधिकारी र रेखा थापा पण्डेको संयुक्त ईजलासले डीएनए परीक्षण गर्न आदेश दिएको हो।
उच्च अदालत जनकपुरको ४ नम्बर ईजलासमा भएको बहसमा नेहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायधिवक्ता यदुनाथ सर्मा, मिरा ढुंगाना, निशा रेग्मी, शान्ती काफले र रिंकु कुमारी यादवले बहस गरेका थिए भने प्रतिवादि शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले बहस गरेका थिए।
आफ्नो शिशु र आरोपित श्रेष्ठको डीएनए परीक्षण हुनुपर्ने माग राखी राजपुत अनसन बसेकी थिइन् । माग सम्बोधन हुने आश्वासनपछि उनले अनसन तोडेकी हुन् ।