२०७९ भाद्र ९, बिहीबार ०६:३७

राष्ट्रपति विद्यादेवी भण्डारी राजिनामा गर्ने मुडमा रहेकी छन् ।

नागरिकता विधेयक सम्वन्धी विवादमा मुछिएपछि उनी राजिनामा दिने मुडमा गएकी छन् । १५ बुँदे सुझाव सहित पठाएको सन्देशसहितको नागरिकता विधेयक प्रतिनिधिसभाले संशोधन बिना हुबहु पास गरेर राष्ट्रसभावाट पनि हुवहु पास हुने भएपछि प्रमाणीकरण हुन आउनु भन्दा पहिलानै राजिनामा गर्ने सोच राष्ट्रपतिको रहेको स्रोतको दाबी छ । राष्ट्रपति भण्डारीले यही क्रममा बुधबार सैनिक उच्च अधिकारीसँग छलफल गरेकी छन् । शीतल निवासका एक अधिकारीले राष्ट्रपतिले सैनिक अधिकारीसँग नियमित र पुराना चिनजान भएकाहरूसँग सामान्य भलाकुसारी गरेको भनेर प्रतिक्रिया दिएको छ । तर, बुधबार राष्ट्रपतिले वर्तमान सेनापतिदेखि केही पूर्व सेनापतिहरुसमेत छलफल गरेकी छन् । छलफलमा सहभागी हुनेमा प्रधानसेनापति प्रभुराम शर्मासहित पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा समेत रहेका थिए । राष्ट्रपति र सैनिक अधिकारीहरुबीच भएको छलफलको विषय प्रष्ट नभएपनि नागरिकता विधेयककै विषयमा लक्षित भएको बताइएको छ । स्रोतका अनुसार राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण गर्नुको साटो राजीनामा दिनेसम्मको मुडमा रहेकी छन् ।

त्यस्तै ब्रिफिङ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेतालाई गरेका छन् । राष्ट्रपतिले प्रहरी उच्च अधिकारीलाई पनि छलफलका लागि बोलाउन सूची बनाएको भए पनि सैनिक अधिकारीलाई मात्रै बोलाएको बताइएको छ । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा एमालेले विरोध गर्दै आएको छ भने भण्डारी एमालेबाटै राष्ट्रपति भएकी हुन् ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=27KHrXfgOBA

Comment


Related News

Latest News

Trending News