अपडेट 
२०७९ भाद्र ९, बिहीबार ०६:४६

धनुषा प्रहरीले ७८ लाखको अवैध समान बरामद गरेको छ ।

बुधबार धनुषाको तीन ठाउँबाट ७८ लाख २५ हजार आठ सय ६० मूल्य बराबरको सामान बरामद गरेको हो । जनकपुरधाम उपमहानगरपालिका १ स्थित ज १ च ११५१ नम्बरको पिकअपबाट भन्सार छलेको ७३ लाख ४२ हजार सात सय रुपैयाँ बराबरको सामान फेला परेको धनुषाका प्रहरी नायव उपरीक्ष प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार गाडीको चालक प्रहरीलाई देख्नसाथ भागेको थियो । यस्तै, जनकपुरधाम उपमहानगरपालिका १३ बाट ज ३ प ७८५० नम्बर प्लेटको मोटरसाइकलबाट एक लाख ११ हजार ६ सय ६० रुपैयाँको र जनकपुरधाम उपमहानगरपालिका १८बाट बीआर ३२ एफ३७८९ नम्बर प्लेटको भारतीय मोटरसाइकलबाट तीन लाख ७१ हजार पाँच सय मूल्य बराबरको सामान बरामद भएको हो । बरामद भएको सामानहरु भन्सार कार्यालयमा पठाइएको छ । बरामद भएका सामान र तस्करको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Please subscribe our official youtube channel and support us.

https://www.youtube.com/watch?v=27KHrXfgOBA

Comment


Related News

Latest News

Trending News