अपडेट 
२०७९ भाद्र ९, बिहीबार ०६:५८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । \

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले कार्यक्रमको उद्घाटन गरेको थिए । पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पु¥याएका दुईजना अभिकर्तालाई जनही एक लाखसहित सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।

कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरूलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरूलाई शिल्ड तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ । प्रथम हुनेलाई दु्ई लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

Comment

Related News

Latest News

Trending News