अपडेट 
२०७९ भाद्र ९, बिहीबार ०७:०१

राष्ट्रिय भूमि आयोगले भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रकृया अगाडि बढाइने भएको छ ।

बुधबार जनकपुरधाममा आयोगले स्थानीय तहका प्रमुखसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । आयोगले धनुषाको १३ वटा पालिकासँग सम्झौता गरिसकेका छन् । पाँच वटा पालिकामध्ये केहीले मौखिक जानकारी गराएको र धनुषाको विदेह नगरपालिकाले चासो नलिएको बताइएको छ । आयोगले पालिकाहरुलाई तुरुन्त भूमिहीन नागरिक÷परिवार सम्बन्धी विवरण पठाउन पत्राचार गरेको छ । आयोगले भूमिहीन नागरिक बसिरहेको एलानी जमिनलाई नै पहिलो प्राथमिकतामा राखेर लालपूर्जा दिने तयारी गरेका छन् । आयोगले गुठी र सरकारी जमिन नदिने बताइएको छ । पालिका प्रमुखहरुले कार्यक्रममा भूमिहीन नागरिक र जग्गा व्यवस्थापनमा भइरहेको समस्या बारे आयोगको ध्यानाकर्षण गराइएको थियो ।

Comment


Related News

Latest News

Trending News