अपडेट 
२०७९ भाद्र ९, बिहीबार ०७:०८

हिन्दूहरू आफ्ना धर्मको उत्पत्ति बारे आफ्ना मत प्रकट गर्दा हाम्रो धर्म अनादि कालदेखि चलि आएको व्यवहार हो । नेपाली शब्दकोषको आधारमा सनातन धर्म भनेको आर्यहरूको प्राचीन कालदेखि चलिआएको धर्मलाई जनाउँछ । अब यहाँ आर्य र अनार्य बारे उल्लेख गर्नु नितान्त आवश्यक देखिन्छ । आर्यको अर्थ प्राचीन कालका एक सभ्य समूहलाई जनाउँदछ भने अनार्य प्राचीन कालका असम्भ समूहलाई बुझाउँछ । सनातन धर्मको अनुवायीलाई नै सनातनी भनिन्छ । आर्य पुत्रलाई मान्यजनको छोरोसँग सम्बन्ध जोडेर देखाउने गरिन्छ । त्यस्तै आर्यभूमि आर्यहरूका निवास स्थान तथा आर्या भनेको मान्य स्त्रीलाई जनाउँदछ । यस्तै आर्यावर्त भनेको आर्यहरूका निवास स्थानलाई बुझाउँछ । भारतको प्राचीन नाम आर्यावर्त थियो । माथिका शब्दहरूको विश्लेषण बिना यस लेख÷निबन्धलाई प्रष्टसँग बुझ्न केही कठिन देखिएको हुनाले यसलाई विश्लेषण गरिएको हो । सभ्यता विकासको शुरूमा आर्य÷अनार्य जस्ता कुनै समूह थिएन । समय बित्दै जाँदा एउटै समूहबाट केहीले आफूलाई बढी सभ्य तथा सुसंस्कृत भन थाले र अन्यलाई तल देखाएर हेप्न शुरू गरे । यसैबाट आर्य र अनार्थ समूहमा विभाजित भए । आर्य र अनार्यको प्रतिरोध र संघर्ष सांस्कृतिक श्रेष्ठता स्थापित गर्नका लागि पनि थियो तर यहाँ स्मरणीय कुरा के छ भन्ने आर्यहरू आफ्ना पूर्बबर्ती सिन्धुनगर निवासीहरूको तुलनामा बर्बर र असभ्य थिए । तिनीहरूको संस्कृति अविकसित र निम्न स्तरको थियो । पछि आर्यहरू हिमालयको तराईदेखि दक्षिण नेपाल र उत्तर विहारसम्म प्रसारित भए । यहाँका जंगलहरू काटेर तथा दुर्गम मार्गहरूलाई सफा गरेर आफूलाई बस्न लायक बनाउन थाले । यसै बेला आर्यको कविलामा एउटा निम्न समूह विकसित भयो जसलाई शूद्रको दर्जा प्रदान गरियो । ऋग्वैदिक कालको प्रारम्भिक युगमा वर्ण व्यवस्था जस्तो कुनै संस्था थिएन । त्यस बेला समाजमा दुई जाति मात्र थिए । एउटा आर्य र अर्को अनार्य÷दास । आर्य आव्रmामक थिए र अनार्य आव्रmान्त ।

उत्तर बैदिक युगमा आएर आर्यहरूको प्रसार सप्त सिन्धुदेखि पूर्वसम्म तीब्र गतिले हुन लाग्यो । अनार्यहरूलाई सेवकको रूपमा राख्न थाले । वास्तवमा चातुवर्णको विकास उत्तर बैदिक कालमा नै प्रारम्भ भयो । यसमा ब्राह्मण क्षत्रिय, वैश्य र शूद्रको उल्लेख अथर्वेदमा भएको पाइन्छ । यसै युगमा यी चार वर्णलाई ब्रह्माको चार अंग मुख, पाखुरा, वद्र र जाँघबाट उत्पन्न भएको कुरालाई मान्न थाले । यस युगमा आएर ब्राह्मणको महत्त्व बढ्दै आएको देखियो । ब्राह्मणलाई दिव्य वर्णको रूपमा चर्चा भएको पाइन्छ । ब्राह्मणलाई समाजमा अध्यापन र याज्ञिक कार्यसँग सम्बन्ध भएको देखियो । क्षत्रियवर्ग राज कुलसँग, सम्बन्धित थिए । राज्य तथा प्रशासन कामको साथै सैनिक सेवा पनि क्षत्रियको हातमा रहेको थियो । बैश्यको विकास मुख्य रूपले यसै युगमा भएको थियो । समाजमा यस्को स्थान तेस्रो थियो । यस वर्गको मुख्य कार्य पशुपालन र अन्नोत्पादन थियो । शूद्रलाई चौथो स्थानमा राखेका थिए । यसको प्रधान कार्य परिचारिका (सेवा) बृति थियो । तेस्रो सदी ई.पू. देखि बाह्रौं सदीसम्म वर्ण व्यवस्था पूर्ण रूपले जन्म र वंशमा आधारित भैसकेको थियो । हाम्रा पुराणहरू समेत वर्ण व्यवस्थाको वर्णन सविस्तार गरेको पाइन्छ । बौद्ध युगमा यसमाथि ठूलो प्रहार भयो । हामी विगतका सतयुग, त्रेताद्वारा तथा कलयुग (बितेका समय) लाई धर्मको स्रोत ब्राह्मणको हातमा राखियो । ब्राह्मणले मात्र पूर्ण शिक्षा लिन पाउने नियम बनाइयो । शिक्षाबाट साधारण नागरिकलाई वंचित हुन वाध्य बनाइयो । हामीलाई धर्मले कहिले पनि तल माथिका रूपमा एक अर्कासँग व्यवहार गर्न सिकाउँदैन् । त्रेतायुगमा वर्णाश्रम भन्दा राम्रा सोच र नराम्रा सोचको बीचमा संघर्ष चल्न थाल्यो । यसै तहत राम लगायत अन्य क्षत्रियहरू ती राक्षसलाई बध गर्दै आए । त्रेता युगलाई आदर्श काल पनि भनिन्छ । खास गरी द्वापरमा वर्ण व्यवस्था शिर्षमै थियो । शिक्षा लिने अधिकार ब्राह्मणलाई मात्र थियो । क्षत्रियलाई हात हतियारको शिक्षा दिइन्थ्यो । वैश्य र शूद्र शिक्षाबाट पूर्णरूपेण वंचित थिए । मानिसहरू भौतिक सुख सुविधा पाउन विभिन्न किसिमका अमानवीय कार्य गर्न पनि पछि परेनन् । मान्छेको स्वभाव हो कि एक भन्दा अर्कोले आफूलाई ठूलो बन्ने आकांक्षा राख्छ । विगतमा विस्तारै वर्ण व्यवस्था अर्थात आर्य र अनार्यको बीचमा रहेको कटुता कम हुन थाल्यो । दक्षिणी एशियामा भारतीय उपमहाद्वीपको औपनिवेशिक शासनबाट उन्मुक्ति पाए पछि दास प्रथाको उन्मूलनदेखि वर्ण व्यवस्था माथि पनि ठूलो चोट प¥यो । भारतीय स्वतंत्रता संग्रामको प्रभाव यस पुरै क्षेत्रमा पर्न थाल्यो । देशहरू प्रजातांत्रिक लडाइमा अगाडि आए । प्रजातन्त्रमा कानूनलाई सर्वोच्च स्थानमा राख्ने काम भयो । कानूनको नजरमा सबै नागरिक समान हुन् । नेपाल पनि राणा शासनबाट २००७ साल फागुन ७ गते उन्मुक्ति पायो । नेपालमा रहेका जात÷पात बीचको असमानता घट्न शुरू भयो । यसै किसिमको कानूनहरू निर्माण गरिए । सबैको लागि शिक्षा खुल्ला गरियो ।

हुनत अहिले पनि समाज आर्य तथा अनार्य समूहमा विभक्त छन् । धर्मको वास्तविक अर्थ पनि स्वभाव, नियत, कर्म रहेको छ भने धर्म बुझेका मानिस एक अर्का प्रति अनादरको भावना कहिले पनि राख्नु हुँदैन । सनातन धर्मको परिभाषा आ–आफ्ना सोचले हेर्ने गर्छन् । भारतमा स्वतन्त्रता प्राप्ति पछि शिक्षा आर्जन गर्नेमा एक प्रकारको प्रतिस्पर्धा शुरू भयो । धर्मको वास्तविक अर्थ तथा व्यवहार खोज्न थाले । छुवाछूतलाई पूर्णरूपेण निषेध गरियो । लिङ्ग भेदलाई पनि नियन्त्रण गर्न शुरू गरियो । यसले गर्दा मान्छेमा जागरणको क्रान्ति शुरू भयो । सनातन धर्म ईश्वरबाट प्राप्त सन्देश हो । यसको अर्थ मानिसहरू शुरू शुरूमा प्रष्ट रूपले बुझ्न सकेन । हाम्रो वेदले कहिले पनि यस्ता कुरालाई मान्यता दिँदैन । तर व्यवहारमा भएको ठिक विपरित देखियो । अहिले पनि खास गरि नेपाल तथा भारतमा आदिवासी÷जनजाति तथा दलित समुदायका मानिसहरू हिन्दू धर्मका बेदहरूबाट निस्केका विचारलाई निषेध गरी अगाडि आएका छन् । उनीहरू प्रकृति पूजामा बढी भन्दा भन्दा बढी जोड दिन्छन् । प्रकृति मध्ये मुख्य गरेर पृथ्वी, आकाश, जल, अग्नि र हवालाई पूजा गर्छन । हाम्रो शरीर निर्माणमा यही पाँच तत्वको भूमिका मुख्य हुन्छ । हाम्रो शास्त्रमा पनि यहि पाँच तत्वबाट शरीर निर्माण हुन्छ र अन्तमा पुनः येही पाँच तत्वमा गएर मिसिन्छ । हिन्दू समुदायमा अहिले पनि निकै विभेद छ । छुवाछूतबाट ग्रसित छन् । वर्णन व्यवस्था अनुसार हाम्रो शरीरलाई चार भागमा बाँडेर वर्णन गरिएको छ जस मध्ये मुखलाई ब्राह्मण, पाखुरालाई क्षत्रीय, वद्र (पेट) लाई बैश्य र खुटा (जाँघ) लाई शूद्रको रूपमा सम्बोधन गरेका छन् । यस्ता दर्शन हिन्दू शास्त्रको विरोधमा आएको छ । हिन्दू शास्त्रलाई टुक्रा टुक्रा गर्न आएको हो भन्न सकिन्छ । उदाहरणको रूपमा खुटामा चोट लाग्दा आँखाबाट आँसु आउँदा सबै भन्दा पहिले त ब्राह्मण नै रोएका हुन्छन् । हाम्रो समाजमा सानाले ठूलाको पैर ढोकेर प्रमाण गर्ने धार्मिक संस्कार छ । पैर ढोक्दा हातलाई हलाएर तथा मुखबाट बोलेर आशिर्वाद दिएका हुन्छन् । वैश्यले खेतीपाति तथा वाणिज्य व्यापार गरि दिएन भने हामी भुखै कतिदिन टिकट सक्छौं । देशको सुरक्षालाई यदि क्षत्रियले कायम राखेन भने हामी तुरून्तै परतन्त्र बन्न जानेछौं । ब्राह्मणले शिक्षा दान गरेन भने देश अज्ञानी बन्न सक्छ । यसरी यी सम्बन्धहरूलाई बलियो बनाउन यो यस्तो देखाइएको छ । तर आजसम्म पनि यस घाउलाई निको पार्न सकेका छैनौं । मानिसहरू आफ्नै धर्म भित्रको विभेदले थलिएका छन् भने अन्य धर्मको त कुरै छौडौं । वर्तमानको अवस्था हेर्दा विगत भन्दा केही सुधार भएको देखिन्छ । अहिले अब विस्तारै सामाजिक छुवाछूत घट्दै आएको छ । लिङ्ग विभेदमा कमी आएको छ । सामाजिक सम्बन्धमा सुधार देखिएको छ । एकै समुदायका मानिसहरू भएका हुनाले एक अर्क। प्रति नजिक आएका छन् । अन्य धर्म भन्दा हिन्दू धर्ममा धर्मलाई व्यवहारमा उतारेर देखाउन खोजेका छन् ।

हिन्दू धर्ममा बढी उदारता देखिन्छ । हिन्दू धर्ममा साना ठूलाका बीचमा आदर र आशिर्वादको सम्बन्ध हुन्छ । यसमा ठूलालाई आदर र बच्चालाई मायाको भावनाले काम गरेको हुन्छ । हिन्दू धर्मले ईश्वरलाई विकेन्द्रीकरणको रूपमा हेर्छन् भने मुस्लिम तथा इसाई लगायत अन्य धर्ममा केन्द्रीकृत रूपमा हेरेका छन् । हिन्दू धर्मले निर्जिव बस्तुबाट निर्मित मूर्ति पूजालाई सजिवको मान्यता दिएको छ भने घट घटमा ईश्वरको बास हुन्छ भने मान्यता राखेका छन् । यसलाई धर्म गुरूहरूले सोच्नु पर्छ कि कसरी सबै हिन्दूहरू एउटै मञ्चमा समिटिने छन् । नेपाल आफूलाई हिन्दू राज्य कायम गरेको थियो । वर्तमान समयमा नेपाललाई समेत यसको संविधान अनुसार धर्म निरपेक्ष राज्यको रूपमा मान्यता दिएको देखिन्छ । यसबाट जनतामा कतिको असर पर्छ भने भोलीको दिनले देखाउँछ । निष्कर्षमा यस लेखको उद्देश्य के छ भने सनातन धर्मको अर्थलाई अनर्थ रूपमा प्रयोग गरेको देखियो । पूरै हिन्दू समाजलाई एउटा समूहमा राख्न सकेनन् । अहिले पनि हिन्दू धर्ममा यति धेरै उपसमूहहरू छन् कि ती उपसमूहहरू एक अर्काको विरोधमा मात्रै बढी समय खर्चिएका हुन्छन् । सनातनी धर्मले दिएका वेद पुराणलाई सुरक्षा गरेको देखिएन । यी बेदपुराणहरू हाम्रा राष्ट्रिय सम्पत्ति हुन् । संस्कृत शिक्षा कमजोर हुँदा यस प्रति आकर्षण दिनप्रतिदिन कम भएको देखिन्छ । यसलाई अंग्रेजी शिक्षाले नराम्ररी प्रभावित गरेको छ । अहिले पनि व्रिmश्चियन धर्मले विश्वमा आफ्ना प्रभाव जमाउन धर्म परिवर्तनमा जोड तोडले लागेका छन् । खास गरी गरीब राष्ट्रलाई यसले आफ् नो क्षेत्र बनाएको देखिन्छ । नेपालमा पनि यस्ता काम हाम्रा आँखा सामुने हुँदा हुँदै पनि हामी मूकदर्शक भएर देखि रहेका हुन्छौं । मूल रूपमा सनात धर्म ईश्वर प्रदत्त धर्म हो । हिन्दू धर्मका पुराना अनेकौं बेदपुराण ईश्वरद्वारा निर्मित छन् जो हामी हिन्दूले सन्देशको रूपमा पाएका छौं । यी बेदहरू सही प्रयोग हुनुपर्दछ । यसमा आएका फुटपरस्त नीतिलाई कम गर्दै जानु पर्दछ । ज्ञानको आधारमा आदर हुनुपर्छ । जातीय आधारमा होइन । जातीय आधारमा यदि हामी आदर बाट्न थाल्यौ भने यहीबाट यसको क्षयीकरण शुरू हुन थाल्छ र सनातन धर्मको मूल उद्देश्य सबैको हिताए भने नारा विफल हुन जान्छ । हिन्दू धर्मले विश्व कल्याणको कुरो शर्छ । यसले कसै प्रति पनि दुराग्रह राख्दैन । यसलाई जोगाउनु हामी सबैको कर्तव्य हो । अस्तु ।

Comment

Related News

Latest News

Trending News