अपडेट 
२०७९ भाद्र ९, बिहीबार ०७:३४

तर परिवारजनले हाल सम्म उनको विहे दर्ता र नागरिकता समेत बनाई दिएका छैनन् ।

अर्काे तिर विहेको समयमा दाईजो वापत ४ लाख नगद र ३ लाखको फर्निचर लिएका ससुराली पक्षले थप दाईजोका लागि निरन्तर दबाब दिइरहेको पलियाको भनाइ छ । सोही विषयमा परिवारका सदस्य सित परेको खटपटका कारण उनलाई ६ महिना अघि कुटपिट गर्दै घर निकाला गरेपछि दिदीको घरमा शरण लिएकी उनी न्यायका लागि सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा समेत दर्ता गर्न पुगेकी थिइन । उनलाई निःशुल्क कानूनी सहायता उपलब्ध गराएकी मधेश प्रदेश कानून अधिकृत समेत रहेकी अधिवक्ता किरण कुमारी साहले उक्त मुद्दा उपर सुनुवाइ गर्दै अघिल्लो दिन मंगलवार न्यायाधीश डा.राजेन्द्र कुमार आर्चायको एकल इजलाशले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षनात्मक आदेश जारी गरेपछि उनलाई गृह प्रवेश गराइएको बताइन । अदालतको आदेशमा २ नाबालक छोरा सहित पलियालाई निज वसी आएको घरमा वसोवास गर्न दिनु तथा कुटपिट र गाली बेइज्जत नगर्नु उल्लेख छ । पलियाले दाईजोका लागि परिवारका सदस्यले मानसिक तथा शारीरिक यातना दिने गरेको बताइन । पछिल्लो पटक त २ नाबालक सन्तान सहित कुटपिट गर्दै घर निकाला नै गरी दिएपछि अन्तिम अवस्थामा अदालत पुगेको उनले बताइन ।

विभिन्न वहानामा कुटपिट गरी घर निकाला गरिएका मध्ये अदालतले दिएको संरक्षनात्मक आदेश पछि सप्तरीमा ४ महिना भित्र यसरी घर भित्र्याइएका महिलाको संख्या ६ पुगेको छ । यस अघि घर निकालामा परेकी राजविराजकी ब्युटी झा, सरस्वती दास, आरती दास, रुपनी गाउँपालिकाकी लक्ष्मी भगत र अग्नीसाईर कृष्णा सवरण गाउँपालिकाकी सीमा कर्ण लगायतलाई पनि अदालतको आदेशमा घर भित्र्याइएको थियो ।

Comment


Related News

Latest News

Trending News