अपडेट 
२०७९ भाद्र ९, बिहीबार १५:२८

सहकारी विभागले सहकारी संघ, संस्थाहरुलाई आर्थिक वर्ष पूरा भएको तीन महिना भित्र अनिवार्य लेखापरीक्षण सम्पन्न गर्न निर्देशन जारी गरेको छ ।

बिहीबार एक परिपत्र जारी गर्दै विभागले सहकारी ऐन, २०७४ को दफा ७५(१) बमोजिम लेखापरीक्षणको कार्य सम्पन्न गरिसक्न र वित्तीय रिपोर्ट सार्वजनिक गर्न निर्देशन गरेको हो । यस्तै, संस्थाको नियमित वार्षिक साधारणसभा पुस मसान्तसम्म सकिसक्न र साधारणसभा सम्पन्न भएको १५ दिनभित्र सभाको निर्णयको प्रमाणित प्रतिलिपि, उपस्थितिको प्रमाणित प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदन, लामो फाराम प्रतिवेदनसहित नियामक निकायमा अनिवार्य बुझाउन समेत विभागले सहकारी संघ, संस्थाहरुलाई भनेको छ । साधारणसभा गर्दा सहकारी संस्थाको साधारणसभा (कार्यव्यवस्था) पहिलो संशोधन निर्देशिका, २०७६ को गाइडलाइन अनुसार धेरैभन्दा सदस्यहरुको उपस्थितिमा मितव्ययी ढैडबाट सञ्चालन गर्न समेत विभागले सबै सहकारी संघ संस्थाहरुलाई भनेको छ ।

Comment


Related News

Latest News

Trending News